२६,बुधबार,२०८२ कार्तिक
उदेस पाण्डे
पर्सा! नेपाल प्रहरीका प्रहरी उपरीक्षक एसपी बिमल बस्नेत पटक पटक सिनियर हुँदाहुँदै पनि एसएसपी बढुवामा छुट्याइएका छन। केपी शर्मा ओलीको सरकारमा काँग्रेसको तर्फबाट गृहमन्त्री बनेका रमेश लेखेकले बढुवामा ब्यापक राजनीतिक चलखेल गरेका कारण राम्रो प्रोफेशनल प्रहरी अधिकृत बढुवा हुनबाट छुटेका थिए। तत्कालिन केपी शर्मा ओली सरकारका गृहमन्त्री रमेश लेखक प्रहरीको बढुवालाई अपारदर्शी बनाउँदा ब्यापक आलोचना समेत भएको थियो। भने गरीएको बढुवा माथि चित नबुझेर रिट समेत दायर भएको थियो। प्रहरी बरिष्ठ उपरीक्षक
(एसएसपी) बढुवामा पहिलो नम्बरमा रहेका प्रहरी उपरीक्षक एसपी बिमल बस्नेत मिति २०५३/०९/०५ गते।
पुष महिनामा नियुक्ति भएका थिए। प्रहरी निरीक्षक पदमा बसेर ईलाका प्रहरी कार्यालय रङ्गेली हुँदा राम्रो काम गरेको कुरा अहिले सम्म पनि उक्त क्षेत्रको नागरीकहरुले गरिरहन्छन् त्यसैगरी प्रहरी निरीक्षक पद बाट प्रहरी नायब उपरीक्षक डिएसपी पदमा बढुवा मिति २०६४/०९/३० गते भएका थिए। प्रहरी नायब उपरीक्षक डिएसपीको रूपमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङकाे सफल कमाण्ड गरेका थिए तथा उक्त जिल्लामा आम नागरिकले महसुस गर्ने गरी प्रहरीले काम गरेको थियो त्यसैगरी क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीकाे प्रमुखको रूपमा कार्यरत रहँदा उत्कृष्ट कार्य गरेका थिए। तेस्रो पटक इन्चार्ज काे रूपमा ईलाका प्रहरी कार्यालय नवलपरासी बस्दा समेत एक असल प्रहरी अधिकृतले गर्नुपर्ने तथा विभागले तोकेको जिम्मेवारि निष्ठापूर्वक सम्पन्न गरे।
प्रहरी भित्र सरूवा बढुवा नियमित प्रक्रिया झै २०७४/०४/१९ गते डिएसपी पद बाट एसपी पदमा बढुवा भए बढुवा पश्चात प्रहरी उपरीक्षक एसपीको जिम्मेवारीमा जिल्ला प्रहरी कार्यालय गोरखाको प्रमुखको रूपमा प्रहरी प्रधान कार्यालय काठमाडौंले खटायो गोरखाको प्रहरी प्रमुखको रूपमा कार्यरत रहँदा प्रहरी उपरीक्षक एसपी बिमल बस्नेत उक्त जिल्लाकाे ईतिहासकै पहिलो चोटि प्रहरीले १० दश किलो सुन समात्यो तथा उक्त जिल्ला भित्र बसेर केही अपराधी प्रवृत्तिका व्यतिहरु मोबाल चोर्ने तथा गोरखा जिल्लाको सदरमुकाम स्थित रहेको पसलहरू बाट बिगतका दिनहरुमा चोरिगरेका चोरहरुलाई भारत बाट पक्राउ गरी नेपाल ल्याई कानुन अनुसार कार्वाही गराएका थिए।
एसपी बिमल बस्नेत सुन समात्दा देखि केही सुन तस्करहरु जो राजनीतिक दलको संरक्षणका कारण आफ्नो अबैध कारोबार गरिरहेका थिए तिनीहरू सबैले एसपी बिमल बस्नेतको बिरुद्दमा आफ्नो कसरत सुरु गरेको कुरा विभिन्न काल खण्ड लाई सुक्षम अनुसन्धान गरियो भने खुल्छ उदाहरणकाे लागि सुन तस्करको पावर एक्सरसाईजकाे कारण गोरखा जिल्लाको जिम्मेवारि बाट हटाईयो सुन समात्ने प्रहरी उपरीक्षक एसपी लाई पुरस्कार दिनुको सट्टा जिम्मेवारि खोसियो तत्कालिन प्रहरी महानिरीक्षक आइजिपि सर्बेन्द्र खनालकाे चौतर्फि अालोचना भएको थियो।
२०७४ साल देखि राजनीतिक दलको संरक्षण तथा पावर सेन्टरकाे प्रेसरले गर्दा रातोरात प्रहरी भित्र सिंगल बढुवा समेत निकालिएको छ। तर प्रहरी संगठन भित्र चरम राजनीतिक दलको नेता तथा गृह मन्त्रीको स्वार्थले गर्द बढुवा नियमित रोकिँदा कति होनहार प्रहरी अधिकृत बढुवा बाट वञ्चित भएकाे ईतिहास छ।
अहिलेकाे बर्तमान सुशीला कार्की नेतृत्वको सरकार यस्ता कुरा लाई निस्तेज गरी प्रहरी बढुवा प्रक्रिया लाई थप साइन्टिफिक बनाउने आशा अहिले सुरु भएको छ पहिलो नम्बरमा रहेको अधिकृत बढुवा पहिलो नम्बर मै हुनेछ भन्ने कुरा एक उच्च प्रहरी अधिकारीले बताए।
नेपाल प्रहरीको पुर्ब डिआईजी मसाउँद आलम खा का अनुसार नेपाल प्रहरीको बढुवामा राजनीतिक खेल हुन्छ कोई बढुवा नपाएर राजीनामा जान्छ कोई स्ट्रेस लिएर बस्दा आत्म हत्या समेत गरेका छन् तर यसपालिको सुशील कार्की नेतृत्वको सरकारले बढुवा लाई पारदर्शी बनाएर बढुवा गर्छ होला
जेन -जी आन्दोलन २०८२ पछि बनेको यो सरकार संग आम नागरिकको धैरै आशा विश्वास जोडिएको छ ।

