०७, आईतबार २०८२, मंसिर
उदेस पाण्डे
पर्सा! ईलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) विकाश बमको ठाडो आदेशमा चोरीको मोटरसाइकल सहित पक्राऊ परेका व्यतिहरु लाई छाडिएको खबर बाहिरिएको छ।
ईलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरी बाट सिभिल घुमुवा इन्चार्ज प्रहरी नायब निरीक्षक सई बिश्व बाबु बुढाथोकीको कमाण्डमा खटेका प्रहरी टोलीले मिति २०८२/०७/१७ गते अन्दाजी तेह्र बजेको समयमा चार जना व्यक्तिहरु सहित एउटा पल्सर मोटरसाइकल नियन्त्रमा लिएको थियो पक्राऊ पर्नेहरुमा बीरेन्द्र महतो , संजीव महतो, ओपिन्द्र महतो, अमृत महतो चारै जना पक्राऊ परेका थिए तर अमृत महतो माथि मुद्दा चलाईयो।
मुलुकी अपराध (संहिता) ऐन,२०७४ काे परिच्छेद -२० मा चोरी तथा डाका सम्बन्धी विभिन्न कसुर्जन्य कार्यहरू लाई अपराधीकरण गरि कसुर गर्ने व्यतिलाई सजायको व्यवस्था कानुनले प्रष्ट गरेकाे हुँदा हुँदैपनि चोरीको मोटरसाइकल सहित पक्राऊ परेका तिन जाना लाई छोडि एक जना माथि अभद्र मुद्दा दर्ता गरि रहस्यमै ढंगले मुद्दामा चलखेल गरि अभद्र व्यहवरमा परिणत गरिएको छ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ मा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धका कसुरसम्बन्धमा व्यवस्था गरी दफा ११८ मा अभद्र व्यवहार गर्न नहुने भनी उल्लेख गरेको देखिन्छ । जसमा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिकरुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन भन्दै यस्तो कसुर गरे/गराएमा एक वर्षसम्म कैद वा दस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भनी उल्लेख गरेको छ ।
दफा ११८ को व्यवस्थालाई विश्लेषण गर्दा कुनै पनि सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्न/गराउन नहुने, अधिकार नभएको स्थानमा प्रवेश गरी कसैमाथि अभद्र व्यवहार गर्न गराउन नहुने, सार्वजनिक स्थानमा महिला, बालबालिका र अशक्त व्यक्तिलाई हातपात गर्न नहुने, सार्वजनिक स्थानमा महिला, बालबालिका र अशक्त व्यक्तिलाई हैरानी गर्न नहुने र गरे/गराएमा कानुनबमोजिम कैद, जरिवाना वा दुवै सजाय हुने व्यवस्था भएको देखिन्छ ।
मधेश प्रदेशमा प्रहरीको मुद्दा फाँटहरु बद्नाम रहेकाे छ
ईलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीकाे यो मुद्दा बारे प्रदेश प्रहरी प्रमुख लाई जानकारी गराईएको छ तथा प्रदेश प्रहरी प्रमुख बाट यस बारे आन्तरिक रुपमा छानबिन भइरहेको कुरा बुझ्नमा आएको छ।
ईलाका प्रहरी कार्यालय बर्दिवास इन्चार्ज विकास बम तथा मुद्दा फाँटमा रहेका प्रहरी अधिकृतले गर्दा पिडित जनताहरु कानुन बमोजिम पाउनु पर्ने अधिकार पाउन सकिरहेका छैनन्
जिल्ला प्रहरी कार्यालयका महोत्तरीमा कार्यरत एकजना सिनियर प्रहरी अधिकृतले नाम गोप्य राख्ने शर्तमा भने अहिलेको एसपी साहब आफ्ना क्षेत्रको प्रहरीहरु लाई टाउकोमा राखेर हिडिराख्नु भएको छ ईलाका प्रहरी कार्यालय वर्दिवासको डिएसपीकाे कमाण्ड कन्ट्रोलमा जिरो छ्न, ईप्रकाले मुद्दा चलाइएकोमा त्रुटि हुँदा उक्त त्रुटि बारे पटक पटक गुनासो नागरिक बाट आउँदा पनि वास्ता गर्नु भएको छैन। अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा काखा पाखा भैरहेको छ। हामी सिनियर प्रहरी अधिकृतकाे समस्या समेत छ।

