०८, सोमबार २०८२, मंसिर
उदेश पाण्डे
पर्सा! ईलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीका इन्चार्ज प्रहरी नायब उपरीक्षक डिएसपी विकास बम अहिले मुद्दा नं ६७ काे कारण विवादमा मुछिएका छन।
ईलाका प्रहरी कार्यालय बर्दिवासको सिभिल घुमुवा इन्चार्ज प्रहरी नायब निरीक्षक सई बिश्व बाबु बुढाथोकीको कमाण्डको टोली मिती २०८२/०७/१७ गते अन्दाजी तेह्र बजेको समयमा बर्दिवासकाे एउटा होटल नजिकै बाट मधेश प्रदेश-०२-००६- प -३४०७ नम्बरको एउटा पल्सर मोटरसाइकल सहित ४ जना लाई नियन्त्रणमा लिएर कार्यलय लगेका थिए पक्राउ पर्नेमा बीरेन्द्र कुमार महतो वर्दिवास नगरपालिका ७, संजीव कुमार महतो, वर्दिवास नगरपालिका ७, ओपिनद्र कुमार महतो वर्दिवास नगरपालिका ७, अमृत कुमार महतो, वर्दिवास नगरपालिका ७ चारै जना लाई नियन्त्रणमा लिएको केही समयपछि तिन जना लाई छोडेर अमृत कुमार महतो लाई थुनेर मुद्दा दायर गरेको थियो।
देशमा अहिले जेन- जी आन्दोलन पछी आमूल परिवर्तन भएको छ कानुन पढेका व्यति गृह मन्त्री बनेका छन। ओम प्रकाश अर्याल गृह मन्त्रीको रूपमा हुँदा हुँदैपनि आम नागरिक कानूनी बमोजिम आफ्नो अधिकार पाएन भने यो एउटा ठुलो विडम्बना हुन्छ।
यो मुद्दा नंबर ६७ अहिले चर्चामा आएको छ।
प्रहरी कसरी आफ्नो अधिकार दुरुपयोग गर्छ भने कुरा अहिले यो मुद्दाको गहन अनुसन्धान भयो भने खुल्छ। मधेश प्रदेशको जिल्लाहरूमा अभद्र ब्यहवार मुद्दा रिसभि साँध्ने यन्त्र बनेको छ।मुलुकी अपराध (संहिता) ऐन,२०७४ काे परिच्छेद -२० मा चोरी तथा डाका सम्बन्धी विभिन्न कसुर्जन्य कार्यहरू लाई अपराधीकरण गरि कसुर गर्ने व्यतिलाई सजायको व्यवस्था कानुनले प्रष्ट गरेकाे हुँदा हुँदैपनि चोरीको मोटरसाइकल सहित पक्राऊ परेका तिन जाना लाई छोडि एक जना माथि अभद्र मुद्दा दर्ता गरि रहस्यमै ढंगले मुद्दामा चलखेल गरि अभद्र व्यहवरमा परिणत गरिएको छ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ मा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धका कसुरसम्बन्धमा व्यवस्था गरी दफा ११८ मा अभद्र व्यवहार गर्न नहुने भनी उल्लेख गरेको देखिन्छ । जसमा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिकरुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन भन्दै यस्तो कसुर गरे/गराएमा एक वर्षसम्म कैद वा दस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भनी उल्लेख गरेको छ ।
दफा ११८ को व्यवस्थालाई विश्लेषण गर्दा कुनै पनि सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्न/गराउन नहुने, अधिकार नभएको स्थानमा प्रवेश गरी कसैमाथि अभद्र व्यवहार गर्न गराउन नहुने, सार्वजनिक स्थानमा महिला, बालबालिका र अशक्त व्यक्तिलाई हातपात गर्न नहुने, सार्वजनिक स्थानमा महिला, बालबालिका र अशक्त व्यक्तिलाई हैरानी गर्न नहुने र गरे/गराएमा कानुनबमोजिम कैद, जरिवाना वा दुवै सजाय हुने व्यवस्था भएको देखिन्छ।
बिभिन्न मिती र समयमा दर्ता भएका मुद्दा जिम्मेवार निकाय बाट पुनः छानबिन भयो भने फरक हुन जान्छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा अहिले ब्यापक असन्तुष्टि देखिएकाे छ। मधेश भ्युज डट्कम संग नाम गोप्य राख्ने शर्तमा एक जना बरिष्ट सई का अनुसार राईट मैन राईट फाँटमा राखिएको छैन जिल्लाकाे मुद्दा फाँट तथा ईलाका प्रहरी कार्यालयहरुको कैप शाखामा कार्यरत प्रक लाई आंतरिक अदली बदली गरिएको छैन एसपी साहब लाई मतलब छैन जिल्ला प्रहरी कार्यालय महोत्तरी मातहत रहेका इन्चार्ज हेरफेरको समेत क्राइट एरिया छैन।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सुचना अधिकारी संग यो ईलाका प्रहरी कार्यालय बर्दिवासको मुद्दा बारे बुझ्न खोज्दा वहाको जवाफ थियाे वर्दिवासको डिएसपी संग बुझ्नु वा जिप्रका काे एसपी साहब लाई कल गर्नु।
यस विषयमा महोत्तरीको प्रमुख जिल्ला अधिकारी (प्र जि अ) लाई जनाउँदा मुद्दा नं तथा नाम मागनु भएको छ।
ईलाका प्रहरी कार्यालय बर्दिवास क्षेत्रको रातो खोलाको बाबुवा उत्खनन तथा बजारमा डान्स क्लबमा भएको झगडा कुनै पनि प्रहरी काम कार्वाही चुस्त दुरुस्त नदेखिएको कुरा नाम गोप्य राख्ने शर्तमा उक्त ईलाका प्रहरीमा कार्यरत एक जना प्रहरी हवल्दारले बताए।

