पर्सा प्रहरी एक्शनमा: भारी मात्रामा लागुऔषध सहित कार बरामद

  |

१७, बुधबार २०८२ मंसिर
उदेस पाण्डे
पर्सा! जिल्ला प्रहरी कार्यालय पर्साले ठुलो मात्रामा लागुऔषध गाँजा बरामद गरेकाे छ।
जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको रूपमा प्रहरी उपरीक्षक (एसपी) सुदिप पाठक आए देखि जिल्लाको शान्ति सुरक्षा, प्रहरी द्वारा कानुन बमोजिम गर्नुपर्ने सेवाग्राहीका मुद्दा शाखाका सम्बन्धी कार्यहरू मुद्दा शाखाका प्रहरी कर्मचारी तदारुकता साथ गरिरहेका छन।
नयाँ एसपीको रूपमा पाठक आउँन साथ बिचौलियाहरु भागाभाग लागेका छन भने राजनीतिक दलका नेताहरुले कानुन विपरीत दबाब दिएर आदेश दिने परिपाटी समेत बन्द भएको छ भने व्यापक सुधार आएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको ईतिहासमा Crime Action Plan (CAP) शाखा अहिले कानुन प्रति पुर्ण रुपमा समर्पित भई सेवाग्राहीको कार्य गरिरहेको छ।
मिति २०८२/०८/१५ गते अन्दाजी १५: बजेको समयमा पटेर्वासुगौली गाउँपालिका वडा नं २ टोल रंगपुर बाट पर्सा प्रहरले बिशेष सूचनाको आधारमा सड्कमा चेकजाँच गर्दा मनवा बाट रंगपुर तर्फ जादै क्रमका BAB:२३९८ नम्बरको कारमा १०४ के जी ३२५ ग्राम लागु औषध सहित दुइ जना लाई प्रहरीले पक्राऊ गरेको छ।
उक्त लागुऔषध गाँजा सहित पक्राऊ पर्नेमाहरुमा मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका वडा नं ८ का भीम स्याङतान तथा मकवानपुरगढी गाउँपालिकाका कुमार स्याङतान रहेका छन्
पक्राऊ परेका दुबै लाई लागु औषध (नियन्त्रण) ऐन बमोजिम कारवाही हुने भएको छ ।
त्यसैगरि प्रहरीले मिति २०८२/०८/१६ गते वीरगन्ज महानगरपालिका वडा नं १५ प्रतिमा चौक बाट १० के जी लागु औषध चरेश सहित एकजना लाई नियन्त्रणमा लिएको छ ।
पर्साको धोबिनी गाउँपालिका वडा नं ५ बस्ने सम्सुल मिया लाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको कुरा जि प्र का पर्साका सुचना अधिकारीले बताए
बरामद लागु औषध सहित पक्राऊ परेका सबै लाई कानुन बमोजिम कार्वाही हुने कुरा डिएसपीले जानकारी दिए।
पर्सा पर्सा प्रहरीले अहिले एक्शन मा देखिएको छ। जिप्रका पर्साको रेकर्डमा २८ लाख हुण्डी सहित कारोबारमा संलग्न रहेका कारोबारी माथि मुद्दा दायर भएको छ