नागरिकको “नायक” संगठनको शान : मधेश प्रदेशको कमाण्ड कन्ट्रोलमा बोल्ड डिआईजी थपलिया

  |

१० पौष २०८२ बिहीबार
उदेस पाण्डे
पर्सा! मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) गोबिन्द थपलिया मधेश प्रदेशको कमाण्ड कन्ट्रोलमा अब्बल सावित भएका छन।
मदेश प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारीमा आउँन साथ मधेश प्रदेशको जिल्लाहरुको मुद्दा शाखा (Crime Actions Plan) मा सुधार आएको छ विभिन्न बहाना बनाई फाईल ढिलो चाँडो बुझाउने खेलको अन्त्य भएको छ तथा जिल्ला प्रहरी कार्यालयहरुको बाहिर बिचौलियाहरुको दौडधुप समेत बन्द भएको छ। लामो समयसम्म एकै ठाउँमा बसेर घुमुवा प्रहरीको रूपमा परिचित पात्रलाई सम्बन्धित ठाउँबाट डाँडा कटाएका छन भने चेकजाँचको बहाना बनाई भारतीय नंबरका सवारी साधन लाई ठाउँ पिछे रोकेर दुःख हैरानी दिने कार्य बन्द गर्न ठाडो आदेश गरेका छन
जिल्ला प्रहरी कार्यालय मातहत रहेका महिला तथा जेष्ठ नागरिक शाखा, ठाडो उजुरी शाखाहरुको काम कर्तव्य कानुन बमोजिम गर्न हरेक जिल्लाको एसपी तथा सम्बन्धित फाँटका ईन्चार्ज लाई ठाडो आदेश गरेका छन।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी गोबिन्द थपलिया सेवाग्राही संग प्रत्यक्ष भेट्न तथा सर्वसाधारण आम नागरिकको फोन रेस्पोन्स गर्ने गरेका छन।
मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा आए देखि तस्करीको जालो तोड्नु साथै पहाडका जिल्लाहरू बाट तराई मधेस तर्फ आउँने लागुऔषध गाँजा बरामदी समेत अहिले धमाधम बरामद गरिएको छ।
प्रदेश प्रहरी प्रमुख डिआईजी गोबिन्द थपलिया द्वारा लागु गरिएको सरुवा, काज मापदण्ड अहिले मधेश प्रदेशमा कार्यरत हरेक प्रहरीको मनमा खुशी ल्याएको छ। यो मापदण्ड अनुसार अब जुनियर अफिसर अर्थात चौकी ईन्चार्ज जान पावर सेन्टर,सोर्सफोर्स, भनसुन अन्त्य भएको छ
अब मापदण्ड अनुसार जुनियर अफिसर लाई चौकीको जिम्मेवारी दिने उक्त मापदण्डमा क, ख,ग छुट्याइएको छ जस अनुसार क बसेको ईन्चार्ज पुनः क जाँदैन यसले गर्दा सबै जुनियर अफिसर लाई चौकी जान पालो आउँछ यो कार्य सुरुवात भए पछि अहिले मधेश प्रदेशमा कार्यरत रहेका ३०० भन्दा बढी (जु प्र अ) हर्षित भएका छन मधेश प्रदेशमा कार्यरत एक जना सिनियर प्रहरी अधिकृत (सि प्र अ) का अनुसार यो कार्यबिधि धैरै राम्रो छ अब राईट मैन राईट प्लेस जान पाउँछ।
डिआईजी गोबिन्द थपलिया मधेश प्रदेशको जिल्ला निरीक्षणमा जाँदा आम नागरिक प्रत्यक्ष रूपमा डिआईजी संग भेटेर आफ्नो गुनासो गर्दा उक्त गुनासो तदारुकता साथ तुरुन्तै सुनुवाई भइरहेको हुँदा अहिले डिआईजी गोबिन्द थपलियाको राम्रो कार्यको प्रशंसा मधेश प्रदेशको हरेक जिल्लाहरुमा आम नागरिक द्वारा हुनेगरेको छ।
अहिले भारतीय नंबर प्लेटका सवारी साधन लाई अनावश्यक दुःख हैरानी दिने काम बन्द भएको हुँदा छिमेकी देश भारतमा समेत एक जना विधायकले डिआईजी गोबिन्द थपलिया बारे प्रशंसा गरे कुरा बुझिएको छ।