एक्शनमा इन्स्पेक्टर साह:६० के जी गाँजा सहित दुई जना भरिया पक्राउ

  |

१२ शनिवार २०८२ पौष
उदेस पाण्डे
पर्सा! ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बारा (ईप्रका) प्रमुख प्रहरी निरीक्षक कृष्ण देव साह द्वारा ६४ के जी ४५० ग्राम लागुऔषध गाँजा सहित दुई जना भरिया पक्राउ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढ ईन्चार्ज प्रहरी निरीक्षक कृष्ण देव साहको कमाण्डमा खटिएको प्रहरी गस्ति टोलीले मिति २०८२/०९/११ गते राति अन्दाजी २२:३० बजेको समयमा सिम्रौनगढ नगरपालिका वडा नं ३ बडपुरवा स्थित लागुऔषध गाँजा ओसारपोसार भइरहेको बिशेष सुचनाको आधारमा ईप्रका सिम्रौनगढ प्रमुख प्रहरी निरीक्षक कृष्ण देव साहको कमाण्डमा रहेका प्रहरी टोली तथा प्रहरी चौकी अमृतगजखजानि बाट प्रहरी सहायक निरीक्षक बिश्व प्रसाद कुशवाहाको सयुक्त टोलीले गगानगर बाट नयकाटोला तर्फ आइरहेको मानिसहरू लाई पछ्याउँदै गर्दा प्रहरी टोली लाई देख्न साथ पिठ्युँमा बोकेको पोको फाली भाग्दै गरेका अवस्थामा प्रहरीले लखेटेर दुई जना भरियालाई प्रहरी टोलीले पक्राऊ गर्न सफल भएको थियो।
प्राप्त सुचना अनुसार लागुऔषध गाँजा सहित पक्राउ परेका व्यक्ति सिम्रौनगढ नगरपालिका वडा नं ३ नयका टोल बस्ने रघुनाथ हजराको छोरा अन्दाजी वर्ष ४० को राजकिशोर हजरा तथा भारत बिहार राज्य जिल्ला मोतिहारी बनकटवा थाना अगरवा बस्ने महेस रायको छोरा अन्दाजी वर्ष ५० को सुरेश राय को रूपमा परिचय खुलेको छ भने विस्तृत अनुसन्धान प्रहरीले जारिराखेको छ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यालय प्रमुखको रूपमा प्रहरी निरीक्षक कृष्ण देव साह आए देखि लागुऔषध धमाधम बरामद भइरहेको छ।