०६ माघ २०८२ मंगलवार
पर्सा!
प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमाले बाट युवा नेता रुपेश कुमार पाण्डे मनोनयन दर्ता गराएका छन।
मनोनयन दर्ताको क्रममा हजारौं मानिसहरुको संख्या तथा जनसहभागिता रहेको थियो पाण्डे एमाले तर्फ बाट चुनावी मैदानमा उत्रिएपछि आम नागरिकहरुमा विश्वास, बढेको छ वर्षौ देखि विभिन्न पार्टी बाट उमेद्वार बन्दै आएका पात्रले कुनै विकाश नगरेको कारण अहिले रुपेश कुमार पाण्डे आम नागरिकको आशा र भरोसा बनेका छन भने युवाहरुको लागि एउटा उदाहरण समेत बनेका छन।
मनोनयन दर्ता गराउनु अघि शहिद चन्दन पटेलको शालिकमा माल्यार्पण गर्दै लोकतान्त्रिक प्रक्रिया तथा सहिद प्रतिको सम्मान प्रकट गर्दै आम नागरिकहरु सगै निर्वाचन कार्यालय पुगेका थिए।
पर्सा जिल्लाको एमाले अध्यक्ष विश्वम्भर शर्मा, एमाले पर्सा ईन्चार्ज प्रमुख हजार एमाले नेत्री निर्मला देवकोटा , तथा अन्य एमाले नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
पर्सा क्षेत्र नं ३ मा देखिएको प्रतिस्पर्धीहरू मध्ये सबै भन्दा उत्तम उमेदवारको रूपमा रहेका रुपेश पाण्डे मनोनयन दर्ता पछि सञ्चारकर्मी सँगको संक्षिप्त कुराकानिमा भने म यो क्षेत्रको विकास शिक्षा, स्वास्थ्य खानेपानी सड्कको बिकाश गरेर ग्रामीण क्षेत्रका पुर्ण रुपमा बिकाश गर्छु

