आम नागरिकको आशा तथा भरोसा बन्दै पाण्डे घरदैलोमा व्यापक उत्साह

  |

१६ शुक्रबार २०८२ फाल्गुन
अनिश ठाकुर
पर्सा! पर्सा जिल्लाको सबै भन्दा चर्चित निर्वाचन क्षेत्र नं ३ रहेको तथा आम नागरिक सबैको नजर अहिले यस निर्वाचन क्षेत्र तर्फ केन्द्रित हुँदै गइरहेको छ।
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुपेश कुमार पाण्डे जन जनको मन मनमा बस्न थालेका छन पाण्डे विद्यार्थी जीवनदेखि नै आम नागरिक लाई सहयोग गर्ने तथा खुला किताब झै सबैले बुझ्न सक्ने साधारण पात्र रहँदै आएका थिए।
पर्सा क्षेत्र नं ३ बाट एमालेको केडर रहेका पाण्डे चुनाव जिते पछि उक्त क्षेत्रको विकाश हुने सम्भावना पक्का रहेको कुरा स्थानीय जनप्रतिनिधि समाजसेवीहरु बताउँछन
हरेक क्षेत्रमा Right Man Right Place मा भयो भने सकारात्मक सुधार आउँछ पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा पटक पटक जितेर अन्य नेताहरु शिक्षा, स्वास्थ्य, सड्क विकाश, समय मुलक कार्यहरू गर्न असफल भएको बेला अहिले रुपेश पाण्डे उदाउँदो सूर्यको किरण जस्तै देखिएका छन।
धैरै वर्ष देखि यो क्षेत्रमा अब्बल दर्जाका नेता नहुँदा पर्साको वीरगञ्ज पछिको सहर पोखरीया, पकहामैनपुर, मधुवनी चौक तथा अन्य बजार समयको गतिअनुरूप विकाशको गति लिनसकेन्न आम नागरिक आफ्नो सन्तानको शिक्षा,स्वास्थ्यको लागि बाहिर जाने क्रम रुक्न सकेको थिएन तर अब रुपेश पाण्डे उदाउँदो विश्वाशिलो पात्र बन्दै यो सबै समस्या समाधान गर्ने व्यतिको रूपमा आम नागरिक समाजसेबिहरु रुपेश पाण्डे लाई लिएका छन
पर्साको यो निर्वाचन क्षेत्र नं ३ बाट रुपेश पाण्डेको उमेद्वारी घोषणा सँगै धैरै नेताको झुठको खेती अन्त हुने सम्भावना देखिएको छ
राजनीतिमा युवाहरु आएका यो आधुनिक समयमा केही पार्टीले थोत्रो बुढो उमेद्वार बनाएपछि सबै मिलेर रुपेश पाण्डे लाई जिताउने कुरा नाम गोप्य राख्ने शर्तमा एक जना काँग्रेसको पुरानो नेताले बताए