१८ आईतबार २०८२ फाल्गुन
उदेस पाण्डेय!
पर्सा! नेपाल प्रहरीको आदर्श वाक्य “सत्य सेवा सुरक्षणम” Truth, Service , Security, को मूल मन्त्र बोकेर सड्क देखि सदन सम्म तैनाथ रहेको पीकेटका प्रहरी आफत विफतमा नागरिकको नजिकको साथी बनेको छ
नेपाल प्रहरीको विभिन्न चरणको सुरक्षामा खटिएका पिकेट प्रहरी मध्य बाटो राज्यमार्गमा खटेका पिकेटका प्रहरीको छुट्टै अस्तित्व तथा भूमिका रहेको कुरा विभिन्न चरणको दुर्घटना हुँदा साबित भएको छ।
पिकेटका प्रहरीहरूको दर्जा सानो तर दिलमा ,देशभक्ति, समर्पण,आम नागरिकको, सेवा, तदारुकता रेस्पोन्स तुरुन्तै
नेपाल प्रहरीको प्रहरी जवान देखि जुनियर अफिसर सम्मको टोली सड्कमा पिकेट प्रहरीको रूपमा खटेको हुन्छ यो डिउटीमा खटेका प्रहरी सेवाग्राही लाई तुरुन्तै प्रहरीले दिनुपर्ने सेवा प्रदान गर्छ।
बाटोमा दुर्घटना हुँदा होस वा असहज परिस्थिति सृजना हुँदा पिकेटको प्रहरी तुरुन्तै सुचना आउँन साथ घटनास्थलमा पुगेर घट्नाको प्रकृति अनुरूप प्रहरीले गर्ने प्रहरी कार्वाही गरेर राज्यको प्रतिनिधिको जिम्मेवारी निर्वाह गर्छ।
यस्तो पिकेटमा खट्ने प्रहरीहरु प्राय सिपाही, सहायक प्रहरी, प्रहरी हवल्दार, बरिष्ठ प्रहरी हवल्दार तथा प्रहरी सहायक निरीक्षक दर्जा सम्मको हुँदा रहेछन
आम नागरिकको आशा, दुःखको बेलाको असल साथी बनेका पिकेटका प्रहरीहरू प्रायः आफ्नो कर्तब्य निर्वाहको सिलसिलामा नागरिक माझ सेलिब्रेटी बन्दै आएको उदाहरण छ।
शान्ति सुरक्षा कार्यमा नेपाल प्रहरी अब्बल सावित भएको विभिन्न प्रकारका प्रहरी काम कार्वाही बाट देखिएको छ
२००७ सालको क्रान्ति देखि २०८२ माघ सम्म आउँदा प्रहरी आम नागरिकको अधिकार पीडकहरुको न्याय तथा सबिधानको मर्म बुझी सबै भन्दा उत्तम कार्य गरेको प्रहरी ईतिहास छ।
२००७ चैत्रमा तोरण शमशेर जबरा २०५३ फाल्गुनमा अच्युत खरेल २०७७ सालमा शैलेश थापा २०७९ चैत्र २०८२ भदौ सम्म बसन्त कुँवर २०८२ भदौ देखि २०८२ कार्तिकमा चन्द्र कुबेर खापुङ तथा अहिले वर्तमान आईजी दानबहादुर कार्की २०८२/०७/२७ गते देखि संगठनमा तरङ्ग ल्याएका प्रहरी प्रमुखको रूपमा ईतिहास रच्दै अहिले वर्तमान आईजी दानबहादुर कार्कीको काधमा नेपालको एतिहासिक नागरिकको अधिकार सुनिश्चित गर्ने बेलाको चुनाव २०८२ हालका आईजीको नेतृत्वमा हुने भएको छ
प्रहरी प्रधान कार्यालय मातहत रहेका प्रशासन विभाग कार्य विभाग अपराध अनुसन्धान विभाग कम्प्युटर निर्देशनालय रहेको छ यो सबै विभाग आफ्नो विभागीय नीतिनियम अनुरूप प्रहरीले गर्ने प्रहरी काम गरिरहेको हुन्छ तर आम नागरिक संग सबै भन्दा बढी नजिकको साथी पीकेटको प्रहरी रहेको कुरा एउटा सर्वेक्षणले देखाएको छ

