०३, बिहीबार २०८३ बैशाख
मधेशभ्यूज
पर्सा! जिल्ला प्रहरी कार्यालय पर्सामा लामो समय देखि (होटलमाईक) हवलदार मेजर रहेका प्रहरी बरिष्ठ हवलदार प्रमोद यादवको विदाई गरिएको छ।
नेपाल प्रहरीमा २०५५ सालमा प्रहरी जवान बाट सेवा सुरु गरेका प्रमोद यादव जागिरे जीवनमा प्रहरी तालिमकेन्द्र चितवन बाट पासआउट भई सुरु दरबन्दी नेपाल प्रहरी विशेष कार्यदल काठमाडौ तथा दगा नियंत्रण गण हेटौंडा मकवानपुर २०७४ सालमा सुडान डाफरमा १४ महिना कार्य गरे।
यसै गरी २०७५/०२/२१ गतेको बढुवा हुँदा जिल्ला प्रहरी कार्यालय पर्सा,२०७९११/१२ को सरुवामा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चौक तथा जिल्ला प्रहरी कार्यालय सप्तरी बाट विभागीय नीतिनियम बमोजिम प्रहरी हवलदार बाट प्रहरी बरिष्ठ हवलदार बढुवामा सिफारिस पश्चात २०८२ सालमा पुनः जिल्ला प्रहरी कार्यालय पर्सा।
प्रहरीको जागिर औधिभरी यादव अन्य ब्याजी भन्दा सधै अब्बल सावित भएको विभिन्न ठाउँहरूमा बस्दाको समयमा समुपिएको जिम्मेवारी लगनशीलता तथा बौद्धिकता साहस धैर्य कलाले प्रमाणित गरेको थियो।
सेवा निवृत्त भएका प्रहरी बरिष्ठ हवलदार प्रमोद प्रसाद यादलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक एसपी सुदिप राज पाठकले प्रशंसा समेत गरी बिदाई गरेका थिए ।
संगठनमा पुर्याएको योगदानको कदर गर्दै मायाको चिनो प्रदान गर्नुभएका थिए साथै उक्त बिदाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी नायब उपरीक्षक डिएस्पी प्रहरी निरीक्षक जिल्ला प्रहरी कार्यालय पर्साको सुबेदार मेजर, हवलदार मेजर, अन्य प्रहरी कर्मचारी समेतको उपस्थिति रहेको थियो

