समाचारको प्रभाव:प्राईभेट स्कर्पियोको सम्झौता रद

१६ शनिवार २०८३, जेष्ठ
पर्सा! छिपहरमाई गाउँपालिका द्वारा प्राईभेट गाडिको सम्झौता रद्द गरिएको छ।
छिपहरमाई गाउँपालिका अध्यक्ष तथा तत्कालिन प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा अनमोल निर्माण सेवाको प्राईभेट स्कोर्पियो प्रति महिना एक लाख विस हजारको दरले भाडामा लिएको थियो उक्त समाचार मधेश भ्यूज डटकम द्वारा संचालित कार्यक्रम सड्क संवाद कार्यक्रममा बाहिर आएको थियो तथा अख्तियारमा उजुरी समेत परेको थियो।
छिपहरमाई गाउँपालिकामा एउटा सरकारी गाडी हुँदा हुँदै पनि निहित स्वार्थ पुरा गर्न राज्यकोष दोहन गर्न प्राईभेट स्कोर्पियो भाडामा लिएको थियो त्यसको बिरोध खुल्लम खुल्ला आम नागरिकहरु गर्दै आइरहेका थिए विगत लामो समयदेखि छिपहरमाई गाउँपालिकामा अनियमितता हुँदै आइरहेको कुरा नाम गोप्य राख्ने शर्तमा एक जना कर्मचारीले बताएका छन। उनका अनुसार १३ लाखको सेनिटरी प्याड खरिद गरेको देखाइएको छ तर स्कूलहरूमा दुई लाखको समेत दिएको छैन सबैमा भागबण्डा गरिएको छ।
नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका सञ्जीव साह मिति २०८३/०२/११ गतेको निर्णय अनुसार सम्झौता रद्द गरी २०८३/०२/१६ गते देखि गाडी फिर्ताको व्यहोरा जानकारी गराएका छन।
छिपहरमाई गाउँपालिका अन्तर्गत रहेका वडा कार्यालयहरूमा समेत मर्मत सम्भार तथा सरकारी मोटरसाइकल कर्मचारीको नाममा बुझेर जनप्रतिनिधिहरु रकम बुझ्नेगरेका सुचना गाउँपालिकाका एक निम्न स्तरका कर्मचारीले नाम गोप्य राख्ने शर्तमा बताएका छन
उनका अनुसार केही जनप्रतिनिधिको नातेदार गाउँपालिकामा चौबिसै घण्टा अड्डा जमाएर बसिरहेछन राज्यले अहिले हरेक सरकारी कार्यालयहरूमा बिचौलिया निषेध गरेको छ तर याे गाउँपालिकामा दलाल प्रवृत्तिका केही आसेपासेहरु कर्मचारीकै जस्तो कार्यालयमा बसिरहेको कुराले सबै जना लाई अचम्म लागेको छ।