कोभर्ट तथा ओभर्ट अप्रेसनका सफल कमाण्डर पाठक: डिआईजी द्वारा पुरस्कृत

२०८३,जेष्ठ,१६
पर्सा! नेपाल प्रहरी भित्र अब्बल कमाण्डरको नामले परिचित प्रहरी उपरीक्षक एसपी सुदिप राज पाठक सर्वोत्कृष्ट प्रशंसापत्र द्वारा सम्मानित भएका छन।
जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी प्रमुख एसपी लाई चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन सम्झौता मूल्याङ्कन मधेस प्रदेशका ०८ वटा जिल्लाहरूमध्ये जिल्ला प्रहरी कार्यालय पर्साको कार्यसम्पादन सर्वोत्कृष्ट भएकोमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख उपरीक्षक सुदीप राज पाठक लाई मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षक डीआईजी गोबिन्द थपलिया द्वारा तिनपुस्तेमा जन्ने गरी नगद सहितको प्रशंसापत्र प्रदान गरेका छन।
जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको रूपमा २०८२/०६/०८ गते बाट कार्यभार सम्हालेका पाठक पर्सामा उल्लेखनीय कार्य गरेका छन। “खुनिदारिन्दा समुह” लाई कानुनी लगाम लगाउनुको साथै तराई मधेशमा प्रहरी कार्यालय जाँदा मान्छे बोकेर लगन मनोविज्ञान हटाउँन सफल भएका छन भने
बिचौलियाको लागि डर बनेका छन।
प्रहरी कार्यालयमा उजुरी/जाहेरी दर्ता तथा कानुन बमोजिम रीतपूर्वक आवेदन लिएर आउने सेवाग्राहीहरु लाई झुक्याई दलाली गर्नेहरुको अन्त्य भएको छ।
नेपाल सरकारले अहिले बिचौलिया निषेध गरेको भन्दा ०७ महिना पहिला देखि बिचौलिया निषेध गरेका पर्सा प्रहरी प्रमुखको आम नागरिकहरु खुलेर प्रशंसा गर्ने गरेका कुरा मधेश भ्युज्ज डटकमका रिपोर्टले बताएका छन
जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा शाखा, महिला बालबालिका ज्येष्ठ नागरिक शाखा, अनुचित लेनदेन शाखाहरूमा गोप्य रूपमा बुझ्दा सेवाग्राही बाहेक अन्य पात्र जाँदैनन्। साथै पर्सा जिल्लाको कुनै व्यति बाट भनसुन गराउनु पर्दैन कानुन बमोजिम गर्नु पर्ने काम हुन्छ गर्नु नपर्ने काम हुँदैन source force चल्दैन।
जिल्ला प्रहरी कार्यालय पर्साको रेकरडअनुसार बिभिन्न मिति र समयमा लागूऔषध गाँजा बरामद, तस्करीको समान नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध अनुसन्धान तर्फ अब्बल रहेको कुरा प्रहरी काम कार्वाही बाट पुष्टि गर्दछ।
पर्साको हरेक सरकारी कार्यालयहरूमा अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हाताभित्र निर्माण भएको बाथरुम तथा शौचालयको उदाहरण अन्य निकायका कर्मचारीहरु गर्ने गरेका छन