युवा नेता प्रदीप पटेल द्वारा बाढी पीडित उद्धारकोषमा २१ हजार रुपैयाँ सहयोग

  |

१५ भदौ २०८३, सोमवार
पर्सा: छिपहरमाई गाउँपालिका वडा नम्बर ३ टोल जयमगलापुरका युवा नेता प्रदीप पटेल द्वारा २१ हजार रुपैयाँ सहयोग गरेका छन।
भदाै १० गते, बुधबार बिहान ८:४० बजे रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठुलो जनधनको क्षति भएको उक्त बाढीको कारण रसुवा, नुवाकोट, धादिङ गोर्खा लगायतका जिल्लाहरूमा तटीय क्षेत्रहरू प्रभावित बनेका छन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोमा स्वदेश तथा विदेशमा रहेका समेतले विभिन्न वैकल्पिक माध्यमहरू बाट र QR Code मार्फत सहयोग गर्दै आएका छन।
युवा नेता तथा समाजसेबि प्रदीप पटेल स्कुल पढ्दै गर्दा देखि सहयोगी तथा समाज कल्याण प्रति पुर्ण रुपमा जिम्मेवार रहेर आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए
प्रदीप पटेल क्याम्पस पढ्दै गर्दा दाईजो प्रथा विरुद्ध तथा समाजमा ब्यापक रूपमा देखिएको विकृतिहरू बारे खुलेर बिरोध गर्थे।
हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) मा आबद्ध रहेका युवा नेता प्रदीप पटेल समय समय समाजिक कार्यहरु तथा विकास निर्माण शिक्षा क्षेत्रको सुधारका कार्यहरुमा निरन्तर रूपमा सक्रिय रहेको देखिन्छ।
सानै उमेरदेखि राम्रो कार्य गरेर समाजमा छुट्टै पहिचान बनाएका प्रदिप पटेल लाई आम नागरिकहरु आउँदा निर्वाचनमा आफ्नो जनप्रतिनिधिको रूपमा देख्न खोजेका छन।