०९, बिहीबार २०८२ असोज
उदेस पाण्डे
पर्सा! मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदी द्वारा मधेशका जिल्लाहरुमा चाडपर्व लक्षित बिशेष सुरक्षा योजना (२०८२) लागु गरेका छन्।
सुरक्षाको दृष्टिले अति संवेदनशील प्रदेशकाे सुचीमा रहेका मधेश प्रदेशमा बड़ा दशैं लगाएत चाडपर्वको लक्षित गरी विशेष सुरक्षा योजना २०८२ अंतर्गत ५५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
मधेश प्रदेशका आठै वटा जिल्लाहरूमा बडा दशैं लक्ष्मी पूजा र छठ पर्वको समयमा मधेस प्रदेशको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउने तथा नागरिकले आफ्नो पर्ब खुशीका साथ बिना डर, त्रास, भय तथा कुनै किसिमको अप्रिय घट्ना हुन नदिनको लागि सुरक्षाकर्मीहरु परिचालन गरिएको छ।
आम नागरिक आफ्नो पर्ब हर्स हुलास्का साथ (celebrate) गर्नु भने उद्देश्यका साथ चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको छ।१५० भन्दा बढी स्थानहरूमा दुर्गा पूजाको पंडाल रहेको छ भने १२० वटा दुर्गा माताको मन्दिर रहेको छ।
बडा ,दशैं, लक्ष्मी पूजा र छठ पर्वको समयमा मधेश प्रदेशको जिल्लाहरूमा शान्ति सुव्यवस्था लाई थप प्रभावकारी बनाउन सो योजना ल्याएको कुरा डिआइजी उमाप्रसाद चतुर्वेदीले बताउँछन्। चाड पर्बमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी मधेस प्रदेश प्रहरी कार्यालय मातहत रहेका कार्यालय बाट तालिम प्राप्त कुकुर सहितको सुरक्षाकर्मी परिचालित गरिएको छ।
जेन-जी आन्दोलनमा प्रहरीकाे युनिटहरु बाट हतियारहरु लुटिएको छ। कारागारमा बाट कैदीबन्दीहरु फरार भएकाले थप सुरक्षा सतर्कता अपनाइएको कुरा मदेश भ्युज़ डट्कम संगकाे कुरामा जनाए
डिआईजी उमा प्रसाद चतुर्वेदी मदेश प्रदेशकाे कमाण्ड सम्हाले देखी मधेश प्रदेशको जिल्लाहरूमा शान्ति सुव्यवस्था कायम राख्न तथा खुल्ला सिमानाको फाइदा उठाउँदै तस्कर समुहले गर्दै आएको तस्करी तथा सीमा अपराध रोक्न सफल भएका छन।
आम नागरिक लाई झुक्याई प्रहरीले कानुन बमोजिम गर्नुपर्ने कार्यहरुमा समेत केही बिचौलिया,दलालहरु आफ्नो अड्डा जमाई प्रहरी कार्यालयमा गर्दै आएका दलाली लाई रोकी त्यस्ता प्रवृत्तिका पात्र लाई तह लगाएका छन। डिआईजीको बोल्ड, प्रष्ट तथा प्रो- एक्टिभ कमान्डका कारण मधेश प्रदेशमा अन्य प्रदेशकाे तुलना जेन -जी आन्दोलनको क्रममा मधेश प्रदेश मातहत रहेका प्रहरीको कार्यालयहरुमा ठुलो क्षति हुनबाट जोगिएको छ।
प्रहरीको प्राय युनिटहरु सुरक्षित राख्न मधेश प्रदेश प्रहरी सफल रहयो।

