एक्सनमा इन्स्पेक्टर के डी: ई प्र का सिम्रौनगढ द्वारा ५४ किलो लागुऔषध गाँजा सहित मोटरसाइकल बरामद

  |

०१ ,सोमबार २०८२, मंसिर
उदेस पाण्डे
पर्सा! जिल्ला प्रहरी कार्यालय बारा मातहत रहेका ईलाका प्रहरी कार्यालय सिम्रौनगढ द्वारा ५४ किलो लागुऔषध गाँजा सहित एउटा मोटरसाइकल नियंत्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय प्रमुखको रूपमा प्रहरी निरीक्षक कृष्ण देव साह २०८२/०७/२० गते बाट आफ्नो कार्यभार सम्हाले देखि ईलाका प्रहरी कार्यालय सिम्रौनगढ मातहतका प्रहरी चौकी ईन्चार्ज देखि फाँटमा कार्यरत रहेका प्रहरी समेत एक्सनमा देखिएका छन। आएको एक हप्ता नबित्दै प्रहरी निरीक्षक साह सेवाग्राहीहरु संग स्वयम भेट गरी कानु बमोजिम गर्नुपर्ने कार्यहरु तदारुकता साथ तुरुन्तै गर्न थालेका छन भने कानुन बमोजिम अर्थात आफ्ना क्षेत्राधिकार नभएका कार्य हुँदैन भनेर आम नागरिक लाई चित बुझाई फर्काउने गरेका छन।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले राति ५४ किलो लागुऔषध गाँजा सहित एउटा मोटरसाइकल पक्राऊ गरेको छ।
प्रहरी संगठनमा इन्स्पेक्टर के डी सफल कमाण्डरको रूपमा परिचित छन।
सिम्रौनगढ नगरपालिकाको कचोर्वा स्थित नेपाल भरत सिमाना नजिकै रहेको पोखरीको पुर्ब तिर रौतहट जिल्ला तथा बाराको सिमाना नजिकै भारत तर्फ बेलुका केही समुह जाँड रक्सी पिएर होहल्ला गर्ने गर्थ्यो तर अहिले उक्त कार्य पुर्ण रुपमा बन्द रहेको कुरा एक जना शिक्षकले बताउँछन। उनका अनुसार प्रहरी निरीक्षक कृष्ण देव साह आए देखि आफै फिल्डमा खटेर घुम्ने कार्य गरिरहेका छन।
हिजो राति पक्राउ परेको गाँजाको बारेमा जिल्ला प्रहरी कार्यालय बाराको सुचना अधिकारी संग बुझ्दा वहाको जवाफ थियो लागुऔषध गाँजा बरामद भएको छ प्रहरी द्वारा बिस्तृत अनुसन्धान जरिरहेको छ।