१७, मंसिर २०८२, बुधबार
उदेस पाण्डे
पर्सा! नेपाल प्रहरीमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बढुवा अर्थपुर्ण बन्दै गएको छ। प्रहरी प्रधान कार्यालयको रेकर्डमा ७ सिट रिक्त रहेको छ।
तर पनि एसएसपी बढुवा बेलामा निकाल्न सकेको छैन।
बढुवामा ढिलाइ देखिएकाे छ। कानुनको जानकार पात्र गृह मन्त्रीको रूपमा ओम प्रकाश अर्याल आए पछि अनेकौं सुधार हुने अपेक्षा गरिएको थियो तर त्यो हुन सकेको छैन।
अहिले फेरी पुरानै शैलीमा सरूवा बढुवा देख्न थालिएको छ।
जे -नजि आन्दोलन पछी बनेको याे सरकार सुरक्षा फौजको मनोबल बढाउने कार्यमा तदारुकता खासै देखाउन सकेको छैन। जे नजी आन्दोलन पछी जागिर छोड्ने सुरक्षाकर्मीहरुको सख्या ह्वात्तै बढेको छ।
प्रहरी भित्र अहिले एसएसपी बढुवा बडो चर्चाको शिखरमा पुगेको छ। रिक्त वरिष्ट उपरिक्षक पद सख्या ७ खाली हुँदा हुँदैपनि वढुवा लम्बिआइएको छ।
राष्ट्रिय अनुसन्धान विभाग बाट आएका एसपी बिमल बस्नेत लाई याे बढुवा ढिलाई धैरै अन्याय पर्ने देखिएकाे छ।
२०५३/०९/०५ का अधिकृत एसपी दर्जा मै घर जाने बाध्यता हुन्छ।
आखिर प्रहरी भित्र किन हुन्छ बढुवामा ढिला सुस्ती कहिले सिङ्गल बढुवा निकालिएको ईतिहास छ भने कहिले कसैकाे लागि पद सृजना गरेको छ
कसैलाई समयमा बढुवा नदिएर अवकाश जान बाध्य पारिएको छ
बढुवाको पहिलो नम्बरमा रहेका प्रहरी उपरीक्षक एसपी बिमल बस्नेत बारम्बार विभेदमा परेका प्रहरी अधिकृत हुन।
प्रहरीमा यसरी नै बढुवा बिबाद बढेको तथा सर्बोच्च अदालत सम्म मुद्दा दायर गरिएको हुँदा केही वर्ष अगाडि सम्मानित सर्बोच्च अदालत बाट एउटा आदेश जारी भएको थियो उक्त आदेश पत्रमा प्रष्ट उल्लेख छ कुनै पनि पद खाली भएकोमा छिट्टो बढुवा सिफारिस गर्ने भनेर उल्लेख छ तर पनि अहिले उक्त आदेश लाई समेत वास्ता नगरी बढुवा सिफारिसमा ढिलाइ गरिएको छ

