०१, पौष २०८२,मंगलवार
उदेस पाण्डे
पर्सा! ईलाका प्रहरी कार्यालय गौशालाका ईन्चार्ज प्रहरी निरीक्षक रमेश लामा एउटा आदेशका कारण अहिले ठुलो बिबादमा मुछिएका छन।
ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरी मातहत रहेका अस्थाई प्रहरी पोस्ट कट्टुधारका ईन्चार्ज प्रहरी सहायक निरीक्षक (प्र स नि) नवलेश तिवारीको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले मिति २०८२/०८/२७ गते (ए ए… नाम ठेगाना गोप्य)भारत बाट दुई बोरा चामल मोटरसाइकलमा राखेर नेपाल तर्फ ल्याइरहेका थिए उक्त मोटरसाइकल तथा चामलको बोरा प्रहरीले चेकजाँच गर्दा उक्त चामलको बोरा भित्र दुई पकेट रजनिगन्धा तथा अन्दाजी दश पिस (भेट) लागुऔषध समेत प्रहरीले बरामद गरेको थियो।
उक्त पक्राऊ परेका व्यक्ति तथा बरामद सामानको गहन अनुसन्धान गर्नुको सट्टा जनप्रतिनिधिको जिम्मा लगाएर छोडिएको यो घट्ना संकास्पद अर्थात इन्सपेक्टर लामा माथि नैतिक प्रश्न खडा गरेको छ।
प्रहरीले पक्राउ गरेका मोटरसाइकल, चामलको बोरा तथा भित्र लुकाइछिपाई ल्याएको समान मजकुर कार्यलय ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरीमा बुझाएको प्रमाण समेत प्रहरी प्रतिवेदनमा प्रष्ट छ।
पक्राउ परेका व्यति लाई त्यही दिन बेलुका गौशाला वडा नं १ को वडा अध्यक्षको जिम्मा जमानतमा छोडिएको छ।
पक्राऊ परेका निज व्यक्तिको साथ बाट रजनिगन्धा समेत मिति २०८२/०८/२८ गते। त्यही व्यक्तिलाई दिएको खबर छ
ईलाका प्रहरी कार्यालय गौशालाको सि सि टिभीमा समेत पक्राऊ परेका व्यतिको रेकर्ड छ।
ईलाका प्रहरी कार्यालय गौशाला अहिले प्रहरी निरीक्षक रमेश लामा तथा उनका द्वारा खटाइएको घुमुवा प्रहरीको कारण बदनाम बनेको छ। कानुन बमोजिम चल्ने प्रहरी कार्यलय अहीले तजबिजमा चलिरहेको कुरा इन्स्पेक्टर लामाको कार्यशैली बाट प्रष्ट हुन्छ। मधेश प्रदेशका डिआईजी प्रहरी लाई सुधार्न लागिपरेका बेला गौशाला ईन्चार्जको रवैया भने सुधारतर्फ देखिएको छैन
नाम गोप्य राख्ने सर्तमा एकजना जुनियर प्रहरी अधिकृत (जु प्र अ)भन्छन् अहीले इन्स्पेक्टर लामाको कार्यशैली ठिक छैन।
न्याय माग्न आउने सेवाग्राही लाई कानुन बमोजिम सेवा दिनुको सट्टा उल्टै थुन्ने गरेका छन। घुमुवा प्रहरी मार्फत पाँच वटा होटल बाट लाभ लिइरहेका छन भने ईप्रकाको एरियामा रहेका १० वटा क्रसर उद्योग संग समेत नजराना लिएका कुरा बताए।
प्रहरी जवान शिव कुमार महतो तथा प्रहरी जवान अरबिन्द कुमार महतो विगत लामो समयदेखि युक्त एरियामा घुमुवा प्रहरीको रूपमा खटेर लाभ लिइरहेका छन।
संगठनको निति नियम विपरीत कार्य गरेको सबुत प्रमाण पाए पछि तत्कालिन डिआईजी उमा प्रसाद चतुर्वेदी यसभन्दा पहिलाका प्रहरी निरीक्षक लाई तानेका थिए।
यस विषयमा ईलाका प्रहरी कार्यालय गौशालाका ईन्चार्ज प्रहरी निरीक्षक रमेश लामा संग बुझ्न खोज्दा आफु लाई थाहा नभएको बताए। त्यस पछि जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी संग यो मोटरसाइकल, चामलको बोरा, रजनिग्नधा तथा (भेट) लागुऔषध सहित पक्राऊ परेका लाई वडा अध्यक्षको जिम्मा दिएको खबर बारे भोलि बुझेर आवश्यक छानबिन गर्ने भनेर बताए।
अदालतमा गरिएको मामिला, व्यवहार, दावी, नालिश ।
कानूनद्वारा प्रदत्त हक अधिकार उल्लघंन भएको अवस्थामा सो को प्रचलनको लागि वा कानूनले कसूरजन्य घोषित रेको कार्यलाई दण्ड सजाय दिलाउने, क्षतिपूर्ति भराउने माग दावी लिई अदालतमा परेको इन्साफ गरी ठहर निर्णयमा पुग्नुपर्ने भगडा वा विवादलाई मुद्दा भनिन्छ।
ईलाका प्रहरी कार्यालय गौशालाले चलाएको एउटा अभद्र व्यवहार मुद्दा समेत चर्चामा आएको छ केही दिनअघि टाउको फुटेको निवेदन लिएर आएका एकजना नेपाल प्रहरीको पुर्ब प्रहरी वरिष्ट हवल्दार सत्य नारायण महतो माथि उल्टै इन्स्पेक्टर लामा अभद्र व्यवहार मुद्दा दर्ता गरेर आठ दिन देखि थुनामा राखेका छन
मधेश प्रदेशका आठै वटा जिल्लाहरूमा अभद्र व्यवहार मुद्दा रिसबी साध्ने यन्त्र बनेको छ।
मधेश प्रदेशका प्रहरी कार्यालयहरुमा सिपाही, हवल्दार द्वारा कुनै सानो त्रुटि वा गल्ति भयो भने कार्वाही हुने तर सिनियर प्रहरीले विभागीय नीतिनियम विपरीत कार्य गर्दा कार्वाही गर्नुको सट्टा जोगाउने कार्य बढि भइरहेको कुरा नाम गोप्य राख्ने सर्तमा एकजना जुनियर प्रहरी अधिकृतले बताए उनका अनुसार मुद्दा शाखामा कार्यरत रहेका प्रहरी सेवाग्राही लाई कानुन बमोजिम सेवा दिनुको सट्टा आर्थिक चलखेल गर्छन तै पनि कुनै कार्वाही हुँदैन

