०३, बिहीबार २०८३ बैशाख
मधेशभ्यूज डटकम!
पर्सा! नेपाल भारत सीमा स्तम्भ नजिकै मापदण्ड मिचि बनाइएको घर टहरा सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी सुरज कार्कीकाे कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले उक्त घर टहरा भत्काएको छ।
मिति २०८३/०१/०३ गते पर्सा जिल्ला विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ अमरपट्टी तथा भारत तर्फ जिल्ला पूर्वी चम्पारण सिसुवा ग्राम पंचायत १ सिसवा स्थित सानो सीमा स्तम्भ नं ३९९/२६ देखि सानो सीमा स्तम्भ ३९९/२८ सम्म नेपाल भारत दुबै तर्फ बाट दशगजा अतिक्रमण गरी अन्दाजी तिन कठा जग्गामा निर्माण गरिएको ०५ वटा घर टहरा सशस्त्र प्रहरी बल नेपाल अलौ ईन्चार्ज डिएसपी सुरज कार्की, सशस्त्र प्रहरी निरीक्षक अमरपट्टि सशस्त्र प्रहरी निरीक्षक प्रसौनी भाठा बाट आएको सशस्त्र प्रहरीहरुको टोली द्वारा भत्काउने कार्य भएको छ।
दशगजा क्षेत्रमा घर तहरा यसै गरीभत्काउने कार्यमा प्रहरी चौकी अमरपट्टि बाट दुई जना प्रहरी तथा भारतीय
(एसएसबी) सीमा सुरक्षा बलका इन्सपेक्टर धुपुवाटोला ईन्चार्ज दोखाराम राणाकाे कमाण्डमा १२ जना त्यसैगरी बिहार पुलिस रक्सौल थाना ईन्चार्ज IPS हेमन्त सिंहकाे कमाण्डमा खटिआएको बिहार पुलिसका चारजनासिपाही समेत रहेकाे थियो।
दशगजामा अतिक्रमण गरेर बनाइएका संरचना भतकाउदा सीमानाकामा अबैध रुपमा सञ्चालन गरिएको रक्सी भठी समेत नष्ट गरिएको थियो अन्दाजी ५०० लिटर भन्दा बढी घरेलु रक्सी नष्ट गरिएको थियो।
विगत लामो समयदेखि दशगजा क्षेत्रमा देखिएको समस्या समाधान भएको छ। यो कार्य सँगै नेपाल भारत दुबै देशको सुरक्षाकर्मीको सयुक्त अप्रेसन सफल भएको छ।

