सशत्र प्रहरीको आईजीको जवाफ कानुन मान्ने कि व्यहवारिक पक्ष: संसद बैठकमा तरंग

  |

०६ आइतबार २०८३ बैशाख
मधेशभ्यज डटकम
पर्सा! नेपाल भारत सिमानामा सशस्त्र प्रहरीको कडाई पछि भारतबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने भए पछि तराईमा हलचल पैदा भएको छ।
नेपाल सरकारको निर्णय अनुसार नै सशस्त्र प्रहरीद्वारा भन्सारमा कडाई गरिएको एक जना उच्च अधिकारी बताउँछन्।
सीमामा कडाई तथा भारत बाट नेपालमा ल्याउने सामान लाई व्यहवारिक रुपमा छोड्न तराई मधेश बाट प्रतिनिधित्व गर्ने सत्तारुढ दलकै संसदहरुले शुक्रबार बसेको बैठकमा उठाएको प्रश्नमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रष्ट रूपमा जवाफ दिँदै बोले माननीय ज्यु कानुन मानौं कि व्यहवारीकपक्ष दुवैमा एउटा कुन मानौं यसरी सिधा उतर पछि बैठकमा तरंग पैदा भएको थियो।
अहिले १००रुपैयाँकाे सामानमा समेत भन्सार तिर्नुपर्ने व्यवस्था गरिएको निर्णयले सीमावर्ती क्षेत्रका सर्वसाधारणहरु सास्ती खेपिरहेका छन।
सरकारको याे कदमको विरुद्ध गर्दै गृहमन्त्री सुधन गुरुङकहा पुगेर मधेश बाट निर्वाचित रास्वपाका संसदले यसमा पुनर्विचार गर्न माग गरेका छन
नेपाल भारत बीच रोटी बेटीको ऐतिहासिक सम्बन्ध छ।
सरकारको याे निर्णयविरुद्ध मधेशका युवाहरुकाे एक समुहले काठमाडौ स्थित माईतिघरमा प्रदर्शन समेत गरेको छ।
तराई मधेश प्रदेशका केही पुर्ब मन्त्री तथा नेताकाे भनाई छ याे निर्णय मधेशको लागी ठुलो षड्यन्त्र हो मधेशलाई हेपिएको छ तत्काल याे निर्णय खारेज हुनुपर्छ।