१९, जेष्ठ २०८३ मंगलवार
पर्सा! सशस्त्र प्रहरी बल गण नं १३ पर्सा।
कमाण्ड कन्ट्रोल कम्जोर देखिएको छ। सशस्त्र प्रहरी बलको “Priorities Of Mandates”(BIRD) Border Security, सिमा सुरक्षा Revenue support, राजश्व Disaster management
,Internal Security रहेको हुन्छ। तर पर्सा जिल्लाको सशस्त्र प्रहरी बल Border Security सिमा सुरक्षाको विषयमा कम्जोर देखिएको एउटा घट्नाले देखाएको छ।
मिति २०८३/०२/१८ गते ईलाका प्रहरी कार्यालय पोखरिया बाट खटिगएको प्रहरी टोलीले जानकिटोला मातहत बाट १२ वटा पाडा तथा एउटा पिकअप गाडी नियन्त्रण लिएर भन्सार बुझाएको थियो। तर सिमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल किन पक्राउ गर्न सकेन। आम जनताको घर खर्चको समान, पुजापाठको समान लाउदा रोकटोक गर्ने नियम १२ वटा राँगा तस्करले लाउँदै गर्दा सिमानामा खटेको टोलीले किन रोक्न सकेन।
सशस्त्र प्रहरी बल पर्सा अहिले सस्तो लोकप्रियता बटुल्न सिमा सुरक्षाको नाममा आम नागरिकलाई सिमानामा रोकेर चेकजाँचको नाममा मिति २०८३/०१/१० गते इलेक्ट्रिक बाइक २२ थान बुझायो तर ग्रामीण क्षेत्र देखि वीरगन्ज महानगर क्षेत्रमा बिना भन्सार बिना ईन्ट्री भारतीय चार चक्का गाडिहरु गुडिरहदा समेत रोक्न आँट गर्न सकिरहेको छैन
सशस्त्र प्रहरी बल पर्सा जिल्लामा अहिले बिबादित पात्रलाई च्यापेर हिँडिरहेका गण प्रमुख संग भित्रै भित्र केही कर्मचारी रुष्ट बनेका छन।यो कुरा नाम गोप्य राख्ने शर्तमा एक जना सशस्त्र प्रहरीले बताए
पर्सा जिल्लामा अहिले भारतीय पेय पदार्थहरू रेडबुल, मजा, अमुल लसिसीहरु खुलम खुल्ला रूपमा पसलहरूमा बिक्री वितरण भइरहेको छ तर यो बोडरमा सहजै भित्रिएको छ
बिभिन्न मिति र समयमाको डाटा हेर्ने हो भने आईसप्यु बाट चेक जाँच भएको ट्रयाकमा भारतीय सुरक्षाकर्मीहरु
लागुऔषध गाँजा बरामद गरेको छ।
ससस्त्र प्रहरी उपरीक्षक एसपी “Right man Right Place” राख्न सकेका छैनन वर्षौ देखि केही निहित स्वार्थ राखी नं १३ गणमा अड्डा जमाएर बसेका सि प्र अ तथा जु प्र अ लाई तह लाउन सकेका छैनन जसको एउटा उदाहरण हो बि ओ पि पकहामैनपुरका टवाईसि तथा सीमा सुरक्षा गुल्म लहावरथकरीमा हाल कार्यरत रहेका जु प्र अ
लहावरथकरीका ईन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी घर बिदा जाँदा एक लाख मुल्य बराबरको भन्दा बढीको तस्करीको समान पोखरिया बाट खटेका डिएसपी बरालको कमाण्डमा खटेका टोलिले समातेको थियो जसमा सीमा सुरक्षा बल लहावरथकरीका जुनियर सशस्त्र प्रहरी फस्ने सम्भावना थियो। तर त्यो घटना ढाकछोप गरियो।
पर्सा जिल्लामा अहिले काजु तस्करी, रजनिगन्धा,पान पराग, गुट्खा, सुर्ती, हुण्डी कारोबार तथा कोट पाइन्टको महँगो कपडा दुलहाको र दुलहीको ग्राउन, लहगा ब्यापक रुपमा तस्करी भइरहेको हुँदा पनि सम्बन्धित निकाय मौन बसेको भन्दै आम नागरिक रुष्ट बनेका छन

