निर्वाचन प्रहरीको पोसाक खरिदमा भ्रष्टाचारको आशंका: आईजीपी माथि छानबिनमा गर्न मौन सरकार

  |

०१, भदौ २०८३ सोमबार
पर्सा! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का साँसद खगेन्द्र सुनार सार्वजनिक लेखा समितिको बैठकमा निर्वाचन प्रहरीको पोसाक, जुत्ता, तथा भाठा खरिदमा अनियमितता भएको भन्दै छानबिन गर्न माग गर्दा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्की साँसद खगेन्द्र सुनार माथि खनिएका थिए।
मर्यादा क्रममा आईजीपी भन्दा माथि रहेको साँसद लाई आईजीपी फिल्मी शैलीमा जवाफ दिँदै गर्दा प्रहरी प्रमुख आलोचित बनेका थिए।

भ्रष्टाचार विरुद्ध आक्रामक बनेका वर्तमान दुई तिहाईको बालेन सरकार सार्वजनिक लेखा समितिमा परेको बेनामी उजुरी निर्वाचन प्रहरीको पोसाक, जुत्ता, मोजा, लठी खरिद प्रकरणमा अनियमितता भएको भन्दै छानबिनको आवाज उठाउने साँसद खगेन्द्र सुनार माथि योजनाबद्ध रूपमा मिडिया ट्रायल हुँदै आएको छ। प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्की साँसद पदको प्रोटोकल बिर्सेर लेखा समितिमा स्टन्ट गर्दा।
यसले संसदीय गरिमा लोकतान्त्रिक, अभ्यास सँगै अनेकौ कार्य लाई प्रभावित गर्न सकिने सम्भावना देखिएको छ।

सार्वजनिक लेखा समिति सांसदको एउटा महत्त्वपूर्ण विषयगत समिति हो।
हाल नेपालको संविधान, २०७२ को धारा ९७ तथा संघीय संसद, प्रतिनिधि सभा नियमावली २०८३, को नियम १७२ मा समितिको गठन र नियम १७३ मा १० वटा विषयगत समितिहरू रहने व्यवस्था का साथै नियम १७८ मा काम,कर्तब्य र अधिकारको ब्यवस्थासमेत रहेको छ । प्रतिनिधि सभाका ती विषयगत समितिहरूमध्ये सार्वजनिक लेखा समिति पनि एक महत्वपूर्ण विषयगत समिति हो ।
नाम गोप्य राख्ने शर्तमा एक जना उच्च प्रहरी अधिकारीका अनुसार नेपाल प्रहरी प्रधान कार्यालय मातहत रहेको उजुरी छानबिन शाखामा बेनामी उजुरी छानबिन गर्दा धैरै सबुत प्रमाण भेटेको तथ्याकं छ सबै बेनामी उजुरीहरु बकवास हुँदैन प्रहरी कार्यालय भित्र वा सार्वजनिक पद धारण गरेको व्यक्तिले कानुन विपरीत कार्य गर्दा उजुरी कर्ताहरु आफ्नो नाम गोप्य राखेर उजुरी दिने चलन छ।
आखिर निम्न स्तरका प्रहरी कर्मचारीहरु लाई बेनामी उजुरीहरु पर्न साथ छानबिन हुने तर त्यही संगठनको नेतृत्व गरिरहेका प्रहरी प्रमुख आईजीपी लाई किन नगर्ने बहस अहिले देशमा चलेको छ।
साँसद खगेन्द्र सुनार बोल्ड प्रश्न कर्ताको रूपमा प्रश्न गरेका थिए भने आईजीपी घुमाउरो पाराले जवाफ दिन खोज्दा साँसद खगेन्द्र सुनार लेखा समिति बाट बाहिर हिँडेका थिए।
भ्रष्टाचार जस्तो गम्भीर प्रश्न सार्वजनिक लेखा समिति मा खडा भएको कुरा सजिलै संग टालटुल गरे जस्तो गर्दा अहिले देशमा एउटा महत्त्वपूर्ण चर्चाको विषय बनेको छ। सानो लाई ऐन ठुलो लाई चेन। समय सान्दर्भिक प्रश्नमा साँसद खगेन्द्र सुनार लाई अहिले बिभिन्न सोसल मिडिया तथा फेसबुक पेजमा आफ्नो राय शेयर गरेको देखिएको छ। पहिले सरकारमा छिट्टो सुनुवाई हुँदैन थियोे याे वर्तमान बालेन सरकारमा कानुन विपरित कार्य गर्ने जोसुकैलाई कार्वाही हुन्छ भने आश गरेका आम नागरिकहरु निरास हुने अवस्था नहोस् भने कुरा एक जना व्यक्तिले बताए।