१३ भदौ २०८३, शनिवार
पर्सा! रसुवा जिल्लामा बुधबार आएको भीषण आकस्मिक बाढी (Flash Flood) ले अहिलेसम्म जिल्ला प्रहरी कार्यालय रसुवा स्थित बिभिन्न प्रहरी युनिटहरु बाट २८ जना प्रहरी कर्मचारीहरु अहिले सम्म सम्पर्कविहीन रहेको सुचना प्राप्त भएको छ।
जस मध्ये पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा
०९ टोल एकटगाँ घर भएका प्रहरी हवलदार श्रवण कुमार यादव अहिले सम्म सम्पर्कबिहिन रहेका छन। जिल्ला प्रहरी कार्यालय रसुवा मातहत रहेको ईलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रहेका प्र ह श्रवन कुमार यादव २०८३/०५/१० गते आएको बाढी पछि अहिले सम्म आफन्त तथा प्रहरी कार्यालय रसुवाको सम्पर्क नआएको खुल्नमा आएको छ।
बि स २०६८ सालमा नेपाल प्रहरीको प्रहरी जवान बाट जागिरे जीवन सुरु गरेका
रूपमा परिचित थिए।
प्रहरी हवलदार श्रवण कुमार यादवको दुई वटा छोरी तथा एक जना छोरा रहेको छ। आम बुवा वृद्ध अवस्थामा रहेको बुझिएको छ। गाउँलेका अनुसार घरपरिवारको सबै जिम्मेवारी प्रहरी हवलदार श्रवण कुमार यादवको काँधमा रहेको थियो।

