१८, असोज २०८३ आइतबार
पर्सा! वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ तेजार्थ टोलबाट आइतबार दिउँसो एक वटा महँगो मोटरसाइकल चोरी भएको छ।
वीरगञ्जको राधेमाई स्वीट्स अगाडि घर भएका पवन कुमार पटेलको मधेश प्रदेश ०३-०३१ प ९०७२ नम्बरको यामाहा एमटी–१५ (Yamaha MT-15) मोटरसाइकल चोरी भएको छ
बाईक धनि पटेलका अनुसार आइतबार दिउँसो बजारबाट औषधि किनेर घर फर्केपछि उनले आफ्नो मोटरसाइकल ठीक ४:०० बजे घर अगाडिको पार्किङमा पार्किङ गरेर राखेका थिए।
त्यसको दुई घण्टापछि अर्थात साँझ ६:०० बजे निस्केर हेर्दा उक्त मोटरसाइकल पार्क गरेको स्थानमा फेला नपरेपछि चोरी भएको पुष्टि भएको हो।
सेतो र कालो रङको बडी तथा चम्किलो पहेंलो/हरियो (Neon) ह्विल रिम भएको उक्त मोटरसाइकलको हुलिया निकै फरक र स्पष्ट छ।
पीडित पक्षद्वारा ब्लुबुक सार्वजनिक, कानुनी ठेगाना कालिकामाई
सवारी साधनको वैधता र प्रमाणका लागि पीडित पक्षले मोटरसाइकलको आधिकारिक ब्लुबुक (सवारी दर्ता किताब) समेत सार्वजनिक गरेका छन्। ब्लुबुकको आधिकारिक विवरण अनुसार उक्त सवारी साधन कालिकामाई गाउँपालिका वडा नम्बर ३, पर्सा निवासी पवन कुमार पटेलको नाममा पूर्ण रूपमा नामसारी भई दर्ता रहेको कानुनी प्रमाण देखिएको छ।
मोटरसाइकल चोरी भएको थाहा पाएलगत्तै पीडित पक्षले खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी श्रीपुर एंवम मातहतका प्रहरी चौकीहरूमा समेत ब्लुबुक र गाडीको कलर सहितको जानकारी गराइसकेका छन।
प्रहरीले याे बाईक चोरीको घटनाबारे अनुसन्धान सुरु गर्दै वरपरका सीसीटीभी (CCTV) फुटेजहरू खंगाल्ने कार्य गरिरहेको कुरा बुझिएको छ।
पीडित पक्षले उक्त बाईक नम्बर प्लेट वा ब्लुबुक विवरण अनुसारको मोटरसाइकल कतै गुडिरहेको वा शंकास्पद अवस्थामा पार्क गरेको देखिएमा नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित व्यक्तिको मोबाइल नम्बर [9767647950] मा सम्पर्क गरिदिन आम नागरिकहरु सँग विनम्र अपिल गरेको छ।
सूचना दिने व्यक्तिले समाचारमा दिएको मोबाईल नं वा सम्बन्धित प्रहरी कार्यालय तथा मधेश भ्युज्जको सड्क सम्वाद कार्यक्रम प्रमुखको मोबाईल नम्बर:9855048954 दिन सकिनेछ।

