पर्सा प्रहरीको ‘क्राइम’ गाडीमा रजाइँ: वडाका लेखापाल सादा पोशाकमा ‘कमाण्ड’ गर्दै, डिएसपी भन्छन्– ‘बुझ्दैछु’

  |

२१, असोज २०८३, बुधवार

पर्सा!जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको सुरक्षा संयन्त्र र सरकारी सवारी साधनको दुरुपयोग लाई लिएर गम्भीर प्रश्न उठेको छ । वडा प्रहरी कार्यालय श्रीपुरमा लेखा प्रमुखका रूपमा कार्यरत रहेका प्रहरी कर्मचारी राजन खड्का कार्यक्षेत्र बाहिर निस्किएर जिल्लाको ‘क्राइम’ (अपराध अनुसन्धान) टोलीसँग सादा पोशाकमा हिँड्ने गरेको पाइएको छ ।
लेखाको जिम्मेवारी सम्हाल्नुपर्ने कर्मचारी नियमविपरीत सादा पोशाकमा शंकास्पद रूपमा घुमिरहँदा पनि नेतृत्व मौन देखिएको छ । मधेस प्रदेशका सबै जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयहरू समेत गरेर मधेश प्रदेशमा कुल ६३ जना लेखापालहरू कार्यरत छन।

यी ६३ जनामध्ये प्रदेश प्रहरी कार्यालय (डीआईजी अफिस) मा मात्र एकजना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लेखापालका रूपमा रहेका छन।

भने अन्य सबै युनिटमा प्रहरी सहायक निरीक्षक (असई), प्रहरी नायब निरीक्षक (सई) र प्रहरी वरिष्ठ निरीक्षक (वरिष्ठ सई) मात्र लेखापालको रूपमा कार्यरत छन।
मधेस प्रदेशका अन्य कुनै पनि युनिटमा कार्यरत ६२ जना लेखापालहरू मध्ये कोही पनि यसरी सादा पोशाकमा फिल्डमा खटिने वा घुम्ने गरेका छैनन।तर, पर्साको श्रीपुरमा भने लेखापाल राजन खड्का नै जिल्लाको क्राइम टोली सँगै नियमित जसो सादा पोशाकमा घुमिरहेका देखिन्छन्।
सहायक लेखापाल खताएकोमा पनि प्रहरी प्रधान कार्यालयलेको आदेश अर्थात नियमको धज्जी
वडा प्रहरी कार्यालय श्रीपुर को लेखा शाखामा नियमविपरीत सहायक लेखापाल राखिएको अर्को तथ्य पनि फेला परेको छ । प्रहरी प्रधान कार्यालय र आन्तरिक लेखा समितिको स्पष्ट निर्देशिका र नियम अनुसार, जुन कार्यालयमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) कार्यालय प्रमुख (इन्चार्ज) का रूपमा रहन्छन।

, त्यहाँ सहायक लेखापाल राख्न पाइँदैन । तर, नियमलाई लत्याउँदै श्रीपुर वडा प्रहरी कार्यालयमा लेखा प्रमुख राजन खड्काले सहायक लेखापालका रूपमा प्रहरी सहायक हवल्दार शत्रुधन प्रसाद कुशवाहालाई राखेका छन् । इन्स्पेक्टर इन्चार्ज भएको युनिटमा सहायक लेखापाल राख्नु सरासर नियम विपरीत र आर्थिक चलखेलको आशङ्का बढाउने विषय हो ।
गाडीको नम्बर कहिले सरकारी, कहिले प्राइभेट !

त्यति मात्र होइन, जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम शाखाले प्रयोग गर्दै आएको एक सवारी साधनको हर्कत झनै रहस्यमय देखिएको छ ।

क्राइम टोलीले चढ्ने बागमती प्रदेश ०१-००२ झ ८३५२ नम्बरको गाडी कहिले सरकारी नम्बर प्लेटमा गुड्छ त कहिले प्राइभेट नम्बर प्लेटमा परिवर्तन हुने गरेको छ । एउटै गाडीलाई यसरी फरक–फरक प्रकृतिको नम्बर प्लेट राखेर गुडाउनुले प्रहरीको कार्यशैली र नियतमाथि नै स्थानीय स्तरमा तीव्र आशंका उब्जाएको छ ।

के भन्छन् सूचना अधिकारी ?
यस विषयमा मधेस भ्युज्ज डटकमले जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) मल्लसँग जिज्ञासा राखेको थियो ।

लेखापाल सादा पोशाकमा हिँडेको र गाडीको नम्बर प्लेट फेरबदल हुने गरेको बारे सोधिएको प्रश्नमा जिल्ला प्रहरी कार्यालय पर्साको सुचना अधिकारी डिएसपी मल्लले भन्नुभयो– प्रहरीले कहिलेकाहीँ कामको सिलसिलामा आवश्यकता अनुसार सादा पोशाकमा जानुपर्ने हुन्छ । जहाँसम्म यो गाडीको नम्बर प्लेट र लेखापालको विषय छ, यस सन्दर्भमा म विस्तृत रूपमा बुझेर मात्र तपाईं अर्थात मधेश भ्युज्ज डटकम लाई थप जानकारी गराउनेछु ।

प्रहरीको आन्तरिक अनुशासन, दरबन्दी र सरकारी स्रोतसाधनको पारदर्शी प्रयोग माथि गम्भीर प्रश्न उठेको यो घटनामा जिल्ला प्रहरी कार्यालय पर्सा र मधेश प्रदेश प्रहरी कार्यालयले कस्तो कदम चाल्छ, त्यो भने हेर्न बाँकी छ।
मधेश भ्यूज्ज डटकम संग कुरा गर्दै आफ्नो नाम दर्जा गोप्य राखिने सर्तमा एकजना लेखापाल भन्छन। प्रहरी १२८ टोलि १२३८ टोलीको साई यो प्रदेशमा जताततै लेखा प्रमुखको रूपमा कार्यरत छन। तर त्यो भर्खरको भाई लाई त्यसरी खटाउँदा हामी काबिल छैन जस्तो लाग्छ। लेखापाल त्यसरी घुम्ने होईन धैरै कार्य हुन्छ तर श्रीपुरको लेखा प्रमुख अहिले सबैको ध्यान केन्द्रित गरेका छन यो राम्रो होईन नियम नियमावली सबैमा लागु हुनुपर्छ।