पोखरिया बजरंग युवा समाजद्वारा विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण

  |

२०८३ कार्तिक १३ गते शुक्रबार ।

पोखरिया (पर्सा) । सामाजिक कार्यमा सक्रिय श्री पोखरिया बजरंग युवा समाजको आयोजनामा पर्साको पोखरिया स्थित श्री जिल्ला उच्चंगराम देव कलवार माध्यमिक विद्यालयमा एक प्रेरणादायी कार्यक्रम सम्पन्न भएको छ। संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका बाल कक्षादेखि कक्षा २ सम्मका साना विद्यार्थीहरूलाई शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गरिएको हो।
कार्यक्रममा बालबालिकाहरूको हौसला बढाउन कापी, पेन्सिल, कटर र विभिन्न उपहार (मिस्कान्हा) लगायतका शैक्षिक सामग्रीहरू वितरण गरिएको संस्थाले जनाएको छ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुखको मुख्य आतिथ्यता

कार्यक्रममा इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख श्री भानुभक्त अर्याल मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले बालबालिकाको प्रारम्भिक शिक्षा र उनीहरूको मनोबल उच्च राख्न यस्ता सामाजिक संस्थाहरूको भूमिका प्रशंसनीय रहने बताउनुभयो। कार्यक्रम श्री पवन गुप्ताको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको थियो।

विद्यालय परिवार र युवा समाजको उत्साहजनक उपस्थिति

उक्त शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री राजकुमार रौनियार, शिक्षकद्वय श्री अनिल गिरी र श्री मदन सहनी लगायत सम्पूर्ण विद्यालय परिवारको विशेष उपस्थिति रहेको थियो। विद्यालय प्रशासनले पोखरिया बजरंग युवा समाजले बालबालिकाको शिक्षाप्रति देखाएको यो चासो र सहयोगको सराहना गर्दै धन्यवाद ज्ञापन गरेको छ।
यसैगरी, पोखरिया बजरंग युवा समाजका तर्फबाट वरिष्ठ सल्लाहकार तथा टिम सदस्यहरू श्री सोनालाल चौहान, श्री राजेश महतो, श्री अजय महतो, श्री मनिष रौनियार, श्री अनिल चौहान, श्री अफ्रोज समानी, श्री जितेन्द्र महतो र सुनिल महतो लगायत सम्पूर्ण युवा टिमको उत्साहजनक सहभागिता रहेको थियो।
अतिथिहरू, विद्यालय परिवार तथा स्थानीय युवाहरूको सहयोगात्मक एवं ऐक्यबद्ध प्रयासबाट यो कार्यक्रम अत्यन्तै भव्य र सफलतापूर्वक सम्पन्न भएको हो। यस्ता रचनात्मक र सहयोगी कार्यक्रमले विपन्न तथा साना बालबालिकाहरूमा शिक्षाप्रति थप उत्साह, लगाव र सकारात्मक ऊर्जा जगाउने विश्वास स्थानीय तहमा गरिएको छ।