करणी सेनाका राष्ट्रिय अध्यक्ष सुखदेव सिंहको गोली हानी हत्या

  |

मङ्गलबार, १९ ,२०८०

राजस्थान । राष्ट्रिय राजपूत करणी सेनाका राष्ट्रिय अध्यक्ष सुखदेव सिंह गोगामेडीको राजधानी जयपुरमा गोली हानी हत्या गरिएको छ । सुखदेव सिंह गोगामेडीको श्यामनगर क्षेत्रमा रहेको घरभित्र पसेर गोली हानी हत्या गरिएको हो ।

उनलाई तत्कालै मेट्रो मास अस्पताल लगिएको थियो । त्यहाँ उनलाई मृत घोषित गरियो। सुखदेव सिंहमाथि गोली चलेको खबर प्राप्त हुनासाथ स्थानीय प्रहरी बाहेक वरिष्ठ अधिकारी घटनास्थलमा पुगेका थिए ।

गोगामेडीलाई चारवटा गोली लागेको थियो । गोली किन प्रहार भयो भन्ने खुल्न सकेको छैन । घटनापछि मेट्रो मास अस्पतालमा ठुलो भीड लागेको छ । स्थितिलाई नियन्त्रणमा लिन त्यहाँ ठुलो सङ्ख्यामा प्रहरी पनि परिचालन गरिएको छ ।

गोली कसले चलाएको हो भन्ने पनि अहिलेसम्म पत्ता लागेको छैन । प्रहरीले आक्रमणकारीलाई खोजी गरिरहेको बताएको छ ।