सिघम,नायक उपनामले चिनिने माननीय सिह्ले एनसेलको शेयर रोक्न मुद्दा दायर गरे

  |

२२ शुक्रबार २०८०
उदेश पाण्डे
पर्सा । स्वतन्त्र सांसद अमरेसकुमार सिंहले एनसेलको सेयर हस्तान्तरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले शुक्रबार आजियाटा कम्पनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । माननीय अमरेश कुमार सिंह हिन्दी फिल्मको नायक,सिगमको नामले समेत चिनिएका छन्।प्रायः राजनीतिमा लागे पछि पद अर्थात मन्त्री बन्ने लोभ हुन्छ माननीय मन्त्री भन्दा पनि आफुलाइ नागरिकको नोकर सम्झेर राजनीति गर्छन् र प्रष्ट बिचार राखेका कारण पनि बेला बेलामा चर्चामा आइरहन्छ्न।

एनसेलको ८० प्रतिशत सेयर रहेको आजियाटाको सेयर हस्तान्तरण अवैधानिक रहेको भन्दै उनले रिट दायर गरेको जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘आज विभिन्न ६ वटा निकायलाई विपक्षी बनाई सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छु।’

रिटमा सर्वोच्चले यही मंसिर २४ गते आइतबारका लागि पेसी तोकेको उनले जानकारी दिएका छन् ।