आइतबार,०८,२०८०
उदेश पाण्डे
रौतहट !प्रस्तावित सिमा सुरक्षा गुल्म गौर रौतहटको सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी अमर लामा कमान्ड कन्ट्रोलमा कम्जोर देखिएका छन् ।गौर भन्सार एरियाबाट हुनेगरेको तस्करी रोक्न असफल देखिएका छन् ।रौतहटको गौर भन्सार बाट पिकपमा सतरुधन,कौशल रबिरोसनको कपडाको तस्करी ब्यापक मात्रामा भयो तर सशस्त्र प्रहरी कम्जोर देखियो।किरनिया,मुकेश,मुनिया,मुसकानको कपडा सशस्त्र प्रहरीकै मिलोमतोमा गौर भन्सार एरियाबाट कारोबार भए तर सशस्त्र प्रहरी रोक्न सकेन।
सशस्त्र प्रहरीको भन्सार लगाएत सिमा सग जोडिएको ३ वटा बि ओ पि छ तर तस्करी रोक्न असफल छ।बिओपी बेलबिछुवा,बिओपी औरहिया,बिओपो सरमुजवा बाट किराना,कपडा तथा गुट्खाको तथा नेपाल बाट भारत तर्फ दारु चाइनी स्याउको तस्करी ब्यापक भैरहेको थियो तर सशस्त्र प्रहरी लामा लगाएत सबैजना मौन बसेको थिए ।कारण एउटै हो तस्कर सगको मिलोमतो ।
सशस्त्र प्रहरी रौतहटको बारेमा सशस्त्र प्रहरी हलचौकमा धेरै गुनासो पर्ने गरेको छ।ढाकछोप गरेको कारण अहिले सशस्त्र प्रहरीको नायब उपरीक्षक डिएसपी अमर लामा तथा तिनै वटा बिओपी इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक जिम्मेवार देखिएका छैनन् ।यस् विशयमा सशस्त्र प्रहरी रौतहटको प्रमुख लाई जानकारी गराउदा उल्टै हप्काउने तथा पत्रकारको फोन काट्ने गरेका छन् ।
मिति २०८०/०९/०४ गते रौतहटमा व्यापक तस्करी भैरहेको देखेर आम नागरिकले सूचना दिदा बौधिमाइ न पा ७ स्थित रौतहट र बाराको सिमाना बाट १६ लाख बराबरको तस्करीको कपडा पक्राउ पर्यो।पक्राउ पछि पनि सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी लामा र बिओपी इन्चार्ज लाई केही शक्तिकेन्द्र लागेको छ बचाउन।नाम नबताउने शर्तमा एक जना सशस्त्र प्रहरी अधिकृत भने सबै लाई तानेर कार्वाही गर्नुपर्ने हो तर राजनीतिक चल्खेलको कारण जोगाउन दाउमा छन् सशस्त्र प्रहरी उपरीक्षक माध्व रेग्मी।कारण यस्तो छ् यदि डिएसपी र सशस्त्र प्रहरी निरीक्षक माथि कार्वाही भयो भने सशस्त्र प्रहरी उपरीक्षक पनि कार्वाहीमा फस्ने डरले रेग्मी बचाउन लागेको कुरा खुलेको छ।
मावोवादी युद्ध चर्किदै गएपछी सरकारले नेपाली सेना र नेपाल प्रहरी का विचमा एक अर्को शक्ति खाँचो महसुस गरी केही जनशक्ति नेपाली सेनाबाट र केही जनशक्ति नेपाल प्रहरीबाट ल्याइ नेपाल सशस्त्र प्रहरी बल विक्रम सम्बत २०५७ सालमा गोविन्द राज जोशी गृह मन्त्री हुँदा जोशीको पहलमा गठन गरिएको थियो।