सात जना प्रहरी उपरीक्षकहरुको काज सरुवा

  |

०९,बुधबार २०८०
उदेस पाण्डे
पर्सा !नेपाल प्रहरीका सात जना उपरीक्षक (एसपी)हरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबारको निर्णयअनुसार उनीहरूलाई काज सरुवा गरेको हो ।

जसअनुसार श्यामसिंह चौधरीको जिल्ला प्रहरी कार्यालय धनकुटा, सरुवा भएको छ । यसअघि गत फागुन १ गतेको नियमित सरुवामा एसपी चौधरीको सर्वोच्च/विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी ईकाई रामशाहपथमा सरुवा भएको थियो ।

त्यस्तै चौधरीको सरुवा भएको ठाउँ (सर्वोच्च विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी ईकाई रामशाहपथ) मा एसपी विनोद सिलवाललाई खटाइएको छ । यसअघि सिलवालको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान रणनीति तथा कार्य योजनामा सरुवा भएको थियो ।

त्यसैगरी विमल बस्नेतको नियमित सरुवामा जिल्ला प्रहरी कार्यालय धनकुटा सरुवा भएको थियो । तर, काज सरुवामा बस्नेतको संघीय संसद सचिवालय मर्यादापालक बानेश्वर भएको छ ।

यता बिरेन्द्र शाहीको पनि राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा काज भएको छ । यसअघि उनको नियमित सरुवामा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन मशाहाखा, नक्सालमा सरुवा भएको थियो ।

त्यसैगरी एसपी विमलराज कँडेलको पनि कल्याण महाशाखामा काज सरुवा भएको छ । यसअघि उनको नियमित सरुवामा नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग तथा सुरक्षा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको थियो ।

यस्तै एसपीहरु बालनरसिंह राणाको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला, बालबालिका तथा जेष्ठ नागरिक महाशाखा र नान्तीराज गुरुङको प्रहरी प्रधान कार्यालय ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको छ ।

यसअघि राणाको नेपाल प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा, बनेपा र गुरुङको संघीय संसद सचिवालय मर्यादापालक बानेश्वर सरुवा भएको थियो।यस् बारेमाmadheshviews लाई जानकारी गराउदै ,केन्द्रिय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भिम ढकालले जानकारी दिए