२९ फाल्गुन २०८०, मंगलबार
उदेस पाण्डे
पर्सा!सरकारमा परिवर्तन आए सगै गृहमन्त्रीको रूपमा नयाँ गृहमन्त्री रबि लामिछाने आए सगै प्रहरीमा जुनियर देखी सिनियर प्रहरीहरुको अनुहार हर्सित देखिए को छ ६ महिना देखी रोकेर राखिएको एसपि बढुवा चाडै हुने भएको छ।नेपाल प्रहरी भित्र अहिले बढुवा र सरुवाको निकै विवाद आइरहेको समयमा अहिले गृहमा नागरिकको भरोसा तथा बिश्वास पात्र माननीय रबि लामिछाने आएसगै सरुवा र बढुवामा राम्रो अधिकृत अटाउने आशा देखिएको छ।
नेपाल प्रहरीमा अहिले ८ वटा प्रहरी उपरीक्षक पद खाली रहेको तथा बढुवा हुन १२ जना डिएसपी एसपी बन्ने प्रतिस्पर्धामा छन् १३६ टोलिको प्रहरी निरीक्षक अहिले एसपी बढुवाको रेसमा छन्
प्रहरी महानिरीक्षक बसन्त कुवर पहिला बढुवा गर्न खोजेको तर विभिन्न शक्तिकेन्द्रको स्वार्थ पुरा नभएको कारण बढुवा अलपत्रमा परेको थियो ।अहिले बढुवाको लाइनमा रहेका डिएसपीहरु प्रदीप बहादुर क्षेत्री,एक नरायण कोइराला ,अगुर जि सि,ढकेन्द्र खतिवडा ,अनन्त शर्मा ,शयाम ओलिया,सन्तोस तमाग,बिनोध घिमिरे
अहिले एसपी बढुवाको लाइनमा रहेका अधिकृत सबै छ महिना देखी बढुवा कुरेर बसेका थिए।नेपाल प्रहरीमा जो आइजी आए तापनि समयमा सरुवा र बढुवा गर्न सक्दैनन् आखिर किन हुन्छ जहिले पनि बढुवामा विवाद कति होनहार प्रहरी अधिकृत काबिल हुदाहुदै पनि बढुवामा छटदा राजीनामा समेत दिएको देखिएको छ।
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy