राज्यकोषको दोहन सरकारी स्कोर्पियो हुँदाहुँदै प्राईभेट गाडी भाडामा

  |

१७ बिहिबार २०८३ बैशाख
मधेश भ्युज सम्बादाता !
पर्सा! छिपहरमाई गाउँपालिका अध्यक्ष चढ्ने रातो नम्बरको सरकारी स्कोर्पियो हुँदाहुँदै प्राईभेट अर्को स्कोर्पियो भाडामा लिएको खबर बाहिर आए संगै गाउँपालिका अध्यक्ष आलोचित बन्दै आएकी छिन ।
भ्रष्टाचार मुद्दामा गाउँपालिका अध्यक्ष लाई अख्तियारले निलम्बित गरेको अवस्थामा हाल गाउँपालिका उपाध्यक्ष लिलावती देवी कामु गाउँपालिका अध्यक्षकाे जिम्मेवारीमा रहेकी छिन भने याे निर्णय वहाँको कार्यकाल भन्दा पहिला नै भएको हो।

छिपहरमाई गाउँपालिकाले प्राईभेट गाडी लिने निर्णय मधेश भ्यूज डटकम लाई प्राप्त जानकारी तथा कागज अनुसार २०८१/१०/०१ देखि प्र -२-०३-००१ च ६२१० नम्बरको स्कार्पियाे भाडा लिएर प्रति महिना एक लाख बिस हजार रुपैयाँ अनमोल निर्माण सेवा पर्साकाे प्रो ओमप्रकाश साह कानु लाई तिर्दै आएको छ।

गाउँपालिकामा अध्यक्ष लाई चढ्न एउटा सरकारी स्कोर्पियो हुँदाहुँदै प्राईभेट अर्को स्कोर्पियो भाडामा लिएको कुरा निहित स्वार्थ तथा गैह्र जिम्मेवार राजनीति देखाएको छ।
छिपहरमाई गाउँपालिका अन्तर्गत रहेकाे वडाहरुमा गाउँपालिका बाट जडान गरिएको रोड लाईट बन्द छ। एक नम्बर वडा मिर्जापुर स्थित रहेकाे श्री महादेव मा बि बिधालय दुई वर्ष देखि शिक्षक अभावको कारण उक्त विद्यालय बन्द रहेको छ।
गाउँपालिका मातहतमा रहेका स्वास्थ्य चौकीहरूमा समेत नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको औषधि समेतको अभाव रहेको कुरा स्थानीयबासीहरु बताएका छन
छिपहरमाई गाउँपालिकामा अहिले चर्चाको शिखरमा पुगेको छ कहिले कर्मचारीको म्याद थप काे मुद्दा कहिले आठ महिना देखि रोकिएको तलब यस्ता अनेकौं मुद्दाहरु छ जसले गर्दा आम नागरिक समेत गाउँपालिकाकाे कार्य शैली माथि प्रश्न गर्न थालेका छन