
मिति २०८०/०२/२५
पर्सा
बिरगंज महानगर पालिका भित्रको सामुदायिक बिधालयहरुमा व्यापक अनियमितता भएको पाइएको छ।बिरगंज महानगर भित्र रहेको ९० वटा सामुदायिक बिधालयहरुमा नेपाल सरकार बाट उपलब्ध गराइएको समानहरुमा समेत अनियमितता भएको समाचार प्राप्त भएको छ।नेपाल सरकार बाट हरेक सामुदायिक बिधालयमा अध्यनरत छात्राहरुको लागि दिने स्यानिटरि प्याड गत वर्ष बितरण गर्दा महानगरले हरेक बिधालयमा सुरुमा पैसा दिएको थियो।तर पछि गएर उक्त रक्म फिर्ता गराइ शैक्षिक प्रशासन महाशाखा बिरगंज आफैले बिधालय लाई गुणस्तरहीन स्यानीटरी प्याड बितरण गरायो त्यस् स्यानिटरी प्याडमा घोटाला भएको छ।त्यसतै कक्ष आठ को आधारभूत तह अन्तिम परिक्षामा प्रती विद्यार्थी २०० को दरले स्कुल बाट शैक्षिक प्रशासन महाशाखा बिरगंजले रकम असुली गर्यो यो रकम बिधालयको आन्तरिक स्रोत बाट दिइयो त्यस् पछि हरेक विद्यार्थी लाई पुनः त्यही पैसा बिरगंज महानगरले दियो।यो कुरा सबै बिधालयको प्र अ बाट पनि प्रमाणित हुन्छ।त्यसतै पिपरा स्थित श्री नरसिंह मा बि को भवनमा दुई करोड भन्दा बढीको भ्रष्टाचार भएको हल्ला छ।उक्त बिधालयको रक्म रोका समेत भएको कुरा बुझिएको छ।यसैगरी श्रीपुर मा बि को पुर्ब प्र अ नवीन कुमार मिश्रले खाजामा रकम हिनामिना गर्नको लागि EMIS मा नकली विद्यार्थी देखाएर रकम लिएको कुरा खुल्दा उक्त स्कुल खाजा रोकिएको थियो पछि विभिन्न चोर बाटो प्रयोग गरि यो सबै मिलाइएको थियो।महानगरले रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम सामगरि किन्दा दस प्रतिशत कमिसन लिएको कुरा बुझ्नमा आएको छ।सामुदायिक बिधालय अनुगमन एउटा् “स्ट्न्ट बाजि “मात्रै हो।महानगर भित्र नब्बे वटा सामुदायिक बिधालय मध्ये एक वटा बिधालयमा पनि छैन बिधुतिय हाजिर अर्थात डिजिटल Attendance समेत छैन।को शिक्षक कति खेर आउँछ जान्छन् लेखा जोखा पनि हुदैन राम्रा शिक्षक जो नियमित समयमा आउँछ समयमा बिधालय बाट जान्छ उसको मनोबल गिरेको छ।राम्रो शिक्षकको मुल्यांकन हुन् सकेको छैन।शैक्षिक प्रशासन प्रमुख बाट यसैगरी प्रायः बिधालयहरुमा बिहानको प्रथना अर्थात ” Morning Assembly”पनि कति स्कुलमा हुँदैन स्कुलहरुमा बेन्च डेस्क तथा अचम्मको कुरा यो छ कि यति प्रचण्ड गर्मीमा पनि कति स्कुलमा पखा समेत छैन।बालबिकास कक्षामा साना भाइ बहिनीहरुलाई नेपाल सरकारले तोकेको मापदण्ड अनुसार राखिएको छैन।लठ्ठी देखाएर पढाईरहेको प्रमाण पनि छ।तर अनुगमनले के गरेको छ मात्रै प्रचार प्रसार कि सुधार यो अहिले चर्चाको विषय बनेको छ्।कतिपै स्कुलमा बालबिकासको भाइ बहिनी बस्ने ठाउँ साफा छैन कक्षा कोठामा कार्पेट समेत नभएको पाइएको छ।देखाउनको लागि अनुगमन गरिए पनि भित्री रहस्य अर्कै देखिन्छ।शिक्षामा सुधार छैन।शैक्षिक प्रशासन महाशाखा काम भन्दा पनि प्रचारप्रसारमा रमाउने गरेको देखिएको छ।शिक्षण सिकाइ क्रियाकलापमा शिक्षक तालिम पनि महत्वोपुर्ण भुमिका खेलद्छ तर याहा तालीमको बहानामा समेत कमिसनको गन्ध छ।महानगर भित्र केही नेता तथा अन्य शक्तिशाली पहुँचवाला मानिसको नजिकको शिक्षक स्कुलमा जसोतसो गरेर जागीर पकाउदै छ्न।बिरगंज महानगरले गर्मी बिदा दिदा कुनै पनि सामुदायिक बिधालयको शिक्षक,शिक्षिका गृह्काॠ दिएको देखिदैन ।विद्यार्थीहरु सिकाइ प्रति आकर्षक होस भने कुनै सामुदायिक बिधालयमा त्यस प्रकारको कुनै योजना समेत छैन।यस् विषयमा बिरगंज महानगर शैक्षिक प्रशासन प्रमुख सग बुझ्दा वाहाले प्र अ जिम्मेवार हो।एवम् उक्त बिधालयको बिधालय ब्यस्थापन समितिको अध्यक्ष अहिलेको सामुदायिक बिधालयहरुको वर्तमान स्थिति हेरेर समाज सेवि,शिक्षा प्रेमी चिन्तित छन्।सामुदायिक बिधालयमा प्रायः सामान्य घर परिवारको विद्यार्थी पढ्ने गरेको देखिन्छ।यस्तै छात्रवृत्ति वितरणमा समेत नकली नाम राखेर केहि सामुदायिक बिधालयहरुमा रकम निकालेको कुरा अहिले खुब चर्चामा छ।