शक्तिकेन्द्र लाई रिझाउन खप्पिस खेलाडी ब प्र ना नि

मिति २०८०/०३/२१ गते
मानिकपुर पर्सा
जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी चौकी इनर्वाका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक सन्तोष के सि अहिले खुब चर्चामा छन्।चर्चाको कारण हो चौकी बाट चौकीमा तुरुन्तै जिम्मेवारी पाएको खबरले ।हुन्त प्रहरीको सरुवा बढुवा आन्तरिक कुरा हो तर निजको अदली बदली शक्तिकेन्द्रको कारण भएको हुनाले यो यतिबेला चर्चामा आएको हो।जिल्ला प्रहरी कार्यालयमा समान्यता एउटा् चौकीमा छ महिनाको कार्यकाल जुनियर प्रहरी अधिकृतको राखेको छ।तर बीचमा कुनै गल्ती गर्‍यो भने फिर्ता पनि गर्ने गर्द्छ।एक चोटि चौकी इन्चार्जको रूपमा खटी सके पछि जिल्ला प्रहरी कार्यालय,ईलाका प्रहरी कार्यालय,वाडा प्रहरी कार्यालयहरुमा टोवाइसीको रूपमा खटाउने गरिन्छ।तर वरिष्ठ प्रहरी नायब निरीक्षक सन्तोष के सि को हकमा यो नियम लागु भएको देखिएन।ब प्र ना नि केसि २०८९/०८/०९ गतेको पत्रले प्रहरी चौकी भिसवा गए थिए त्यतिबेला पनि शक्तिकेन्द्र प्रयोग गरि चौकी गरेको देखिन्छ निजले उक्त चौकीमा छ महिनाको बसाइँ पछि २०८०/०२/०५ गते जिल्ला प्रहरी कार्यालय भित्र उजुरी छानबिन साख प्रमुखको रूपमा चालाउदै पुनः प्रहरी चौकी इनर्वा इन्चार्ज गएको कुरा अहिले चर्चाको विषय बनेको छ।यो विषयमा बुझ्न् जिल्ला प्रहरी कार्यालय पर्साको सूचना अधिकारी सग बुझ्दा निजको जवाफ थियो”अहिले जुप्रअ को कमि छ भएको मधे एक जना लाई पठाइएको कुरा बताए ।अहिले कति जुनियर प्रहरी अधिकृत चौकी जान पाएका छैनन्।तर पावरको बलमा ब प्र ना नि केसि चौकी बाट चौकी जाने भागयमानी जुनियर प्रहरी अधिकृत देखिएका छन यस् भन्दा पहिला के सि लेखा पालको रूपमा खटिएका कुराहरु पनि यस् online लाई प्राप्त भएको छ।नाम नबताउने शर्तमा एक जना जुनियर अधिकृत यस् online सग भने चौकी बाट आएकोले ८/१० महिना फिल्डमा डिउटी गर्छन।तर पावरको कारण यो कुनै नियम सन्तोष के सि मा किन लागू भएन।यस् किसिमको शक्ति प्रयोगको कारण अन्य अधिकृतमा समेत नकारात्मक असर पुग्द्छ।आम नागरिक,सरोकारवालाले फोन गर्दा फोन समेत नउठाउँने विभिन्न शक्तिकेन्द्रको आशिर्वादमा आएको चौकी प्रमुख असफल भएको एउटा् उदाहरण छ।हिमाल नाम गरेको एक जना जुनियर अधिकृत यस्तै पावर लाएर आएको थियो पछि असफल भएर गए।