पर्सा
२०८०/०४/०९
प्रमुख सतारुढ दल नेपाली काग्रेसले चर्को आलोचना गरेपछि प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री सहित गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठको मन्त्रालय परिवर्तन गर्ने प्रस्ताव अघि सारेको बिश्वास्त सुत्रले यस मधेसभिउज लाई बताए छ।
स्रोतअनुसार २७ असारमा प्रधानमन्त्री पत्नी सिताको निधन हुनुको केहि दिन अघि काग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाल लाई सता सहयात्री भएर पनि एकलौटी ढंगमा अगाडि बढेको आफुहरुसग सुझाव पनि नलिएको र दिएको सुझाव पनि कार्वान्यन नगरेको गृहमन्त्री श्रेष्ठले छानीछनी काग्रेस नेताहरूलाई अफ्ट्यारोमा पार्ने काम गरेको भन्दै आपति जनाएका थिए।
सरकारले आफ्नो रवौया परिवर्तन गरि सहकार्यका साथ अघि बढ्ने छाट नदेखाएमा देउवाले प्रचण्डसग विकल्प खोज्ने बाध्यता आफुमा रहेको बताएका थिए।आफुलाइ पार्टीमा ठुलो दबाव रहेको र त्यो दबाब थेग्न नसक्ने अवस्थामा आफू पुगेको बताए पछि प्रधानमन्त्री दाहालले आफू सहकार्यका लागि सदैव तयार रहेको भन्दै एउटा् नाया प्रस्ताव गर्छु मान्नुहुन्छ भनेर देउवा सग सोधेका थिए ।
त्यसपछि देउवाले भन्नुस न स्वीकार्य प्रस्ताव भए स्वीकारौला भन्ने जवाफ दिए।त्यसपछि दाहालले पहिला मन्त्रालय भागबण्डा नमिलेर सताबाट बाहिरिएको जनमत पार्टीलाई सरकारमा लाउने अन्तिम तयारीमा आफू रहेको बताएका थिए।त्यसबेला मन्त्री परिवर्तन गर्दा गृहमन्त्रीको पनि मन्त्रालय परिवर्तन गर्ने बताएका थिए।गृह मन्त्रालय काग्रेस लिएर माओवादी लाई परराष्ट मन्त्रालय दिन पनि प्रधानमन्त्री दाहालको प्रस्ताव थियो।
दाहालले त्यसका लागि काग्रेसले सहरी बिकास मन्त्रालय छोडेर सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमध्ये एउटा रोज्न भनेका थिए।जनमत पार्टीले शहरी बिकास मन्त्रालय मागेकोले दिनका लागि मन्त्रालय परिवर्तन गर्नुपर्ने बाध्यता आफू रहेको दाहालले देउवा लाई भनेको देउवा निकट स्रोतले बतायो खासगरी नकली शरणार्थी प्रकरणमा अदालतको आदेशबिना खाणलाई पक्राउ गरेकोमा देउवा असन्तुष्ट बनेका छन।
दिवगत पत्नी सीता दाहालको काजकिरिया काम सकेर प्रचण्ड इटलिमा गएका छ्न।फर्किएपछि मन्त्रालय परिवर्तन गर्ने र जनमत पार्टीलाई सरकारमा लाउने काम सुरु हुने निकटस्थ स्रोत बतायो।यसबारे रास्ट्रपति रामचन्द्र पौडेल पनि अनौपचारिक जानकारी पुगिसकेको स्रोत बताउँछ ।
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy