बिधालयको तल्चा खुलेपनी श्री महादेव मा बि मिर्जापुरमा शिक्षक अभावको समस्या समाधान भएन !

  |

१४ बिहिवार २०८०
उदेश पाण्डे
छिपहरमाइ गाउँपालिका वार्ड नम्बर १ टोल मिर्जापुरमा रहेको श्री महादेव माध्यमिक बिधालयमा विद्यार्थीहरुले लगाएको तल्चा खुल्यो तर शिक्षक अभावको समस्या समाधान हुन सकेन।बिगत केही महिना देखि कक्षा ६ देखि १० सम्मको बिद्यार्थी भाइ बहिनीहरुको पढाई अबरोध भएको विषयलाई लिएर बिद्यार्थीहरु नारा जुलुस गरि बिधालयमा तल्चा लगाएको थियो ।
त्यस् पछि गाउपालिका अध्यक्ष उप प्रमुख वडा अध्यक्षको रोहवरमा विद्यार्थी तथा समाजको अगुवाको सामु उक्त बिधालयमा शिक्षक अन्य बिधालय बाट खटाएर जसरी पनि बिधालय सुचारु गर्ने निर्णय समेत भएको तर अचम्मको कुरा गाउपालिकाको आदेश शिक्षकमानेन्न अन्यत्रबाट आउनेमा अहिलेसम्म एक जना शिक्षक आएको अहिले पनि बिद्यार्थीहरु शिक्षा बाट बन्चित रहेको तर सम्बन्धित निकाय मौन छ।
छिपहरमाइ गाउपालिकाको स्कुलहरुमा व्यापक गुटबन्दी तथा राजनीति हस्तक्षेप हुनेगरेको कारण विद्यार्थीहरुको भबिस्य अन्योलमा परेको छ।स्थानीय तहमा शिक्षा गएपछि झनै पठनपाठन अबरोध हुनेगरेको छ।
नाम नबताउने शर्तमा गाउपालिकाको एक जना कर्मचारी यस् madhesviews सग भन्नु भो कुनै पनि शिक्षक लाई शिक्षा शाखाले रवाना पत्र दिएको छैन।मेयरको मौखिक आदेश मात्रै भएको छ।
अहिले श्री महादेव मा बि मा ४ जना शिक्षकको भरमा बिधालय संचालन हुँदै आइरहेको छ।जसमा १ जना प्र अ तथा ३ जना प्र बि शिक्षक मा बि सम्म पढाउन बाध्य छन् गाउपालिकाको गैर जिम्मेवारीको कारण २०७९ साल कार्तिकमा मा बि तहमा गा पा ले भर्ती गरेको शिक्षहरु लाई समेत पुनः करार थपेर बिधालयमा फर्काउन सकेको छैन ।
राजनीति खिचातानीको कारण श्री महादेव मा बि बिधालयको विद्यार्थीहरु शिक्षा पाउन बाट बन्चित रहेको बुझिएको छ।
अहिले उक्त बिधालयमा टिफिन पछि शिक्षक अभावको कारण पढाई हुन् सकेको छैन।बिधालयको उक्त अवस्था तथा विद्यार्थीहरु मर्कामा परेको देखेर बिना सेवा सुबिधा २ जना मा बि शिक्षक अध्यापन गराउदै आइरहेको खबर यश मिडियालाई प्राप्त भएको छ।