०३,२०८०
उदेश पाण्डे
पर्सा !सशस्त्र प्रहरी वल १३ गण हेक्का पर्सा अहिले तस्करको लागि काल बनेको छ।सशस्त्र प्रहरीले बरामद गरेको चोरीपैठारीको समान विभिन्न मिति र समयमा निरन्तर रूपमा धमाधम पक्राउ गर्न थाले पछि निकै हल्लाखला तस्करीमा मच्चेको छ।मिति २०८०/०९/०३ गते ०३:३४ बाजेको समयमा बिरगंज महानगरपालिका वार्ड नम्बर ३२ टेढा बाट ५ लाख बराबरको कुखुराको चला प्रतिबन्धित बोइलर बरामद गरि नेपाल प्रहरी र पशु क्वारेन्टाइन,स्थानीय ,पत्रकार ,भद्र भलाद्मीको रोहवरमा खाल्डो खनी नस्ट गरिएको छ।
सशस्त्र प्रहरी बल पर्सा १३ नम्बर गणमा प्रमुखको रूपमा सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्य आए देखि आफ्नो मातहत पर्ने सबै युनिट लाई तस्करी रोक्न तथा सिमामा राज्यले दिएको जिम्मेवारी पुर्ण रूपमा तदारुकताको साथ निर्वाह गर्न आदेश दिए।प्रायः मिडियामा कम बोल्ने काम बढी गर्ने एक निडर कमान्डरको रूपमा १३ नम्बर गणको सशस्त्र प्रहरी उपरीक्षकको परिचय बनेको छ।पर्सामा सशस्त्र प्रहरीको १४ वटा युनिट छ ।
सबै लाई चुस्त दुरुस्त राखेको तथा अहिले घुमुवा भने शब्द पनि छैन ।प्रायः सशस्त्र प्रहरी उपरीक्षक आफै फिल्डमा खटिएर अबैध समान पक्राउ गर्न थालेको देखिएको छ।
यस् मिडियाले रिपोर्टिङको क्रममा बोडरमा सशस्त्र प्रहरी आफ्नो डिउटिमा रहेको तथा नागरिक सग राम्रो ब्यहवार समेत गरिरहेको कुरा स्थानीयले बताए
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy