
आइतबार ,०८,२०८०
उदेश पाण्डे
पर्सा !सशस्त्र प्रहरी बल न १३ गण तथा अन्य मातहतको सक्रियता बढेको कारण पर्सामा धमाधम अबैध समान पक्राउ हुन्थालेको छ।न १३ गणको टोल तथा सशस्त्र प्रहरी उपरीक्षक एसपी अहिले सदरमुकाम देखी ग्रामीण भेगमा पनि आफ्नो सक्रियता बढाएको पाइएको छ।
मिति २०८०/०९/०८ गते अन्दाजी ०४:३० बजेको समयमा जिल्ला पर्सा जगरनाथपुर गापा ४ बिजबनिया स्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म भिखमपुर बाट खटिएको गाडी मोबाइल टोलिलाई देखि भारत बाट अबैध रूपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु ३,८५०००।बराबरको भैंसी ७ रगा ४ पाडा ८ पाडी १ गरि जम्मा २० वटा पशु चौपाया छाडी ब्याक्ती भागेको उक्त पशु चौपाया सशस्त्र प्रहरी नियन्त्रणमा लिइ आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको कुरा यश मधेस भिउज लाई १३ नम्बर गणका सूचना अधिकारीले बताए ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद खनालले विभिन्न समयमा १० केजी गाजा, पाडा,भैसी साथै किराना सामान पक्राउ गरीरहनु भएको छ ।हातहतियार ओसारपसार ,मानब बेचबिखन र लागु औषध मा निर्मम भएर आफु लागेको बताउनुभयो।