
सोमबार,०९,२०८०
उदेश पाण्डे
पर्सा !बाघको आक्रमण बाट पटेरवा सुगौली वडा नम्बर २ को थरुही गाउँको मनोज राउत धागड्को मृत्यु भएको छ।
हिजो मिति २०८०/०९/०८ गते बेलुका अ १८:०० बजे पटेर्वा सुगौली गा.पा. वडा न २ को थरुहटी गाउँ देखि अ २०० मि उतर जङ्गलको खाली जग्गामा दिशा गर्न गएको बेला बाघ ले आक्रमन गरि घट्नास्थल देखि अन्दजी ३०० मिटर भित्र लगी मारेको, मारेको ठाउमा मृतकको mobile रहेको, एउटा दाहिने घुडा देखि तलको खुट्टा बाकी रहेको, गर्धनको छाला नभएको मासु र हडी रहेको, सोही छेउमा छाला नभएको खप्पररहेको, निजको bracelet घट्ना स्थलमा रहेको , कट्टु रहेको, सुर्तीको बट्टा रहेको र लगेको बाटो भरी रगत लागेको रहेको छ।
घटना स्थलमा ईलाका प्रहरी कार्यालय पटेरवा सुगौली बाट लास जाच मुचुल्का लगाएत्को प्रहरीले गर्नुपर्ने कानुनी प्रक्रिया हुँदै तथा मृत्युुकको लास पोस्टमार्टमको लागि पठाउने काम भैरहेको छ।