कमान्ड कन्ट्रोलमा :अब्बल डिएसपी सिंह दुई लाखको समान बरामद

  |

२२ आइतबार २०८०
उदेश पाण्डे
पर्सा !मिति २०८०।०९।२२ गते जिल्ला पर्सा बिरगंज महानगरपालिका-१६ स्थित बलिरामपुर तथा बाशघारि इलाकाबाट प्रस्ताबित सिमा सुरक्षा गुल्म बीरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहकाे कमाण्डमा खटिएकाे ०७ जनाकाे गाडी माेबाईल टाेलीले भारतबाट अबैधरूपमा भन्सार छली साईकलहरुमा लाेड गरि नेपाल तर्फ ल्याउदै गरेकाे मूल्य रू २,००,०००।- बराबरकाे कपडा,हार्डवयर तथा प्याज छाडी ब्यक्ति साईकलहरु लिई भागि गएकाे हुदा उक्त सामान बरामद गरि बीरगंज भन्सार कार्यालयमा बुझाईएकाे
सूचना हामी लाई १३ नम्बर गणको सूचना अधिकारी डिएसपी सगम श्रेष्ठले जानकारी गराए ।
सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी सिंह प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजको कार्यालय प्रमुखको रूपमा आए देखि तस्करी रोक्ने कार्यमा तदारुकताका साथ लागेको कारण विभिन्न मिति र समयमा धमाधम तस्करीको समान नियन्त्रणमा हुन थालेको छ।सशस्त्र प्रहरी नायब उपरीक्षक कम बोलने काम बढी गर्ने एक सफल कमान्डरको रूपमा परिचीत अधिकृत हुन।डिएसपी देबेन्द्र बहादुर सिह एक अनुशासित दक्ष तथा निडर कमान्डरको रूपमा आफ्नो पहिचान बनाएका छन।
पछिला उदाहरण हो भारत बाट नेपालमा नाया सालको दिन करिब ४ हजार जति भारती सवारी साधन नेपाल प्रवेश गर्न बिरगंज भन्सार कार्यालयमा पुगेको तथा उक्त गाडीहरूको पास लिन तथा इन्ट्रि लिन लागे अव्यवस्थित भिडभाड मर्यादित तरिकाले मिलाएको देखेर भारतीय नागरिकले समेत हाम्रो सशस्त्र प्रहरीको प्रसंशा गरेको थियो ।