
२०८०/०९/२४ गते
उदेश पाण्डे
वीरगन्ज — सशस्त्र प्रहरी बल पर्साले १६८ किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक सगम श्रेष्ठ तथा सूचना अधिकारी अनुसार विशेष सूचनाका आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद खनालको टोलीले वीरगन्जबाट ठोरीतर्फ जाँदै गरेको बा.११ च ९६८६ नम्बरको पिकअप गाडीलाई चेक गर्दा १६८ किलो गाँजा बरामद भएको हो ।
पिकअपमा फल्स बटम बनाई गाँजा लुकाएर राखिएको अवस्थामा १६ पोका फेला परेको थियो । १६ वटा पोकाभित्र १६८ किलो गाँजा थियो । गाडीबाट ७८ हजार ५ सय रुपैयाँसमेत बरामद भएको थियो । चालक, सहचालक, पिकअप गाडी र रुपैयाँ थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक इस्वरी प्रसाद खनाल प्रस्तावित सिमा सुरक्षा गुल्म भिखमपुरका गुल्मपतिको रूपमा आए देखि आफ्नो मातहतका युनिट तथा सिमाना रहेको स्थानीय सग आवश्यक सहकार गरि विभिन्न मिति र समयमा तदारुकताका साथ तस्करीको समान बरामद गरि संबंधित कार्यालयमा बुझाउने गरेको देखिएको छ।सशस्त्र प्रहरी नायब उपरीक्षक सशस्त्र प्रहरी भित्र एक निडर,कमान्ड कन्ट्रोलमा अब्बल अधिकृतको रूपमा परिचीत डिएसपी हुन।प्रायः कम बोल्ने लो प्रोफाइलमा बस्न रुचाउने तथा काम बढी गर्ने अफिसर हुन।
सशस्त्र प्रहरी प्रस्तावित सिमा सुरक्षा बल भिखमपुर नाकामा अहिले तसकरहरु भागाभाग भएका छन् ।
फौजमा एउटा् भनाइ छ् Right man Right place मा भए भने परिणाम आउछ्छ।त्यस्को एउटा् उदाहरण हुन डिएसपी इश्वरि खनाल ।