तस्करीको गाइ र गोरु रौतहट प्रहरीको नियन्त्रणमा

  |

२५,बुधबार २०८०
मनोज मिश्र
रौतहट । रौतहटबाट लुकाई छिपाई भारततर्फ लैजाँदै गरिएका १७ वटा गाई र गोरु प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी कोपवा पिपारिया बाट चौकीइन्चार्जको कमान्डमा खटिएको गस्ती टोलीले अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा गौर नगरपालिका २ बाट गाई र गोरु बरामद गरेको हो ।
प्रहरीको गस्ती टोलीले बेवारिसे अवस्थामा रहेका १० वटा गाई, एउटा गोरु र ६ वटा बाछी बरामद गरेको छ।रौतहट प्रहरी अहिले तदारुकताका साथ चोरीपैठारी नियन्त्रणमा लागेको कुरा विभिन्न बराम्दी समानले देखाउछ।जिल्ला प्रहरी कार्यालय रौतहटमा अहिले प्रहरीले दिनुपर्ने सेवा कानुन अनुसार सेवाग्राहीलाई दिइरहेको यस् Madheshviews लाई स्थानीयले बताए ।प्रहरीको कार्य बाट आम नागरिक हर्सित छन् ।

बरामद गाई ,गोरु र बाछीको एक लाख छयानब्बे हजार मूल्याङ्कन गरिएको र आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचना अधिकारी डिएसपी गिरीले जनाइन ।
जिल्ला प्रहरी कार्यालय रौतहट तराईको जिल्लाहरु मध्य चुनौतीपूर्ण जिल्लाको रूपमा पर्द्छ।तर अब्बल कमान्डरको रूपमा प्रहरी उपरीक्षक (एसपी)महेन्द्र श्रेष्ठ आए पछि जिल्लामा शान्ति सुरक्षाको स्थितिमा धेरै राम्रो सुधार भएको देखिएको छ।