
२७ शुक्रबार २०८०
पर्सा !पकहामैनपुर गाउँपालीका अन्तर्गत वडा नम्बर ३ मा नागरिकको लागि अँखा सिबिर संचालन गराइ ३०० भन्दा बढी आखारोगी आफ्नो आखा चेकजाच गराइएको तथा २०० जना रोगीलाई आखाको अप्रेसनको लागि बिरगंज पठाएको यस् मिडियालाई सूचना प्राप्त भएको छ।
उक्त आखा सिबिर पुर्ब गाउपालिका अध्यक्ष बिजय चौरासीयाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उक्त आखा शिबिर संचालन कार्यक्रममा अतिथिको रूपमा पुर्ब वडा अध्यक्ष बृजमोहन पाण्डेय ,मदन साह,लेखमन पटेल ,सुरेश यादव ,तथा समाजसेविहरु बिकाश पाण्डेय,सुरेश यादव ,ललन पटेल ,जाल्महम्द मिया,लगायतको उपस्थिति रहेको थियो ।तथा प्रहरी चौकी धोरेको प्र स नि गोपाल यादव समेत उपस्थित थिए ।
सिबिर संचालन भइ आखाका विभिन्न रोगको पहिचान गरि डाक्टरले रोगीहरु लाई उपचार गरेको ।
पुर्ब मेयर बिजय चौरसिया अहिले पदमा नभएतापनि समाजको बिकाश तथा अन्य बिकाश निर्माणकार्यको लागि अग्रसर छन् ।बिजय चौरसिया गाउँ गाउँमा घुमेर स्थानीयलाई उक्त ठाउँको बिकाश तथा समस्यासुनेर समाधान गर्ने गरेका छन।चौरसियाको सराहनीय कार्य देखेर आम नागरिक हर्सित भएका छन् २०७४ सालमा बिजय चौरसिया मेयरको रूपमा निर्वाचित भएको बेला गापाको चौतर्फीक बिकाश भएको थियो ।
अहिले यस् किसिमको समाजिक कार्यहरु गरेको कारण पुर्ब मेयर बिजय चौरसिया अन्य जनप्रतिनिधिको लागि उदाहरणका पात्र बनेको यस् madheshviews लाई एकजना स्थानीयले बताए ।