
२७,शुक्रबार २०८०
उदेश पाण्डे
महोत्तरी — महोत्तरीको मनराशिसवा-७ स्थित झिंगास्थानको एक घरमा चक्कु देखाएर लुटपाट भएको छ ।
बिहीबार राति १२ बजेतिर जोगी साहको घरमा ४/५ जनाको समूह जबर्जस्ती घरमा छिरी चक्कु देखाएर अज्ञात समूहले लुटपाट गरेको महोत्तरी प्रहरीले जनाएको छ । पीडितका अनुसार अज्ञात समूहले चक्कु देखाएर धम्की दिई ३ तोला सुनका गरगहना, ३० तोला बराबर चाँदी, मोबाइल २ थान र नगद ३० हजारसहित ४ लाख ५० हजार बराबरको धनमाल लुटेर लगेका छन् ।
उक्त लुटपाटको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कर्यालय महोत्तरीका सीनियर प्रहरी अधिकृतले यस् mdheshviews लाई बताए ।जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सूचना सकलनको लागि राखिएको सदा पोसाकका घुमुवा प्रहरी असफल देखिएका छन्