भन्सार छलेर ल्याएको गाडी सहित २ जना धनुषा प्रहरीको फान्दामा

  |

२९ आइतबार २०८०
उदेश पाण्डे

जिल्ला !प्रहरी कार्यालय धनुषाले भन्सार छलेर ल्याएको चार वटा गाडीसहित चोरी निकासीमा संलग्न जनकपुर जलेश्वरका मोख्तार अन्सारी र महोत्तरी लोहरपट्टीका जमजम भनिने अन्सारुल कवारीलाई आइतबार पक्राउ गरी सार्वजनिक गरेको हो।

चोरी निकासी कार्यमा संलग्न अर्का एक जनाको भने खोजी भइरहेको प्रहरी उपरीक्षक (एसपी) मित्रवन्धु शर्माले बताए। मोख्तारले भारतबाट गाडी चोरी निकासी गर्ने गरेको र अर्का जमजम भनिने कवारीले नेपालमा सो गाडी बेच्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ।

पक्राउ परेका अभियुक्तलाई आवश्यक कानुनी कारबाही सुरु गरिएको प्रहरी उपरीक्षक शर्माले बताए।