०२,मगलवार २०८०
उदेस पाण्डे
पर्सा!जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत सदापोसाकका घुमुवाहरुको कार्य बिभागिय निति नियम बिपरित देखिएको छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीको कार्यालय प्रमुख (एसपी) प्रकाश मल्ल जिप्रका इन्चार्जको रूपमा आए देखि तदारुकताको साथ प्रहरीले गर्नुपर्ने काम कार्वाही गर्दै आइरहेको तर केही बिबादास्पद प्रहरी कर्मचारीहरु जिल्ला प्रहरी कार्यालय महोत्तरी लाई बदनाम गराउदै आइरहेको समाचार यस् Madheshviews लाई प्राप्त भएको छ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेको घुमुवाहरुको मिलोमतोमा तस्करीको लाइन कालिम भन्ने कारोबारीले पाए तर प्रहरी उपरीक्षक आफैं फिल्ड्मा खटेर तस्करीको २१ लाख भन्दा बढीको समान बरामद गरे जस् मध्य ,३ वटा अटो तथा १ वटा बाइक ३ जना नियन्त्रणमा लिए।
त्यस् पछि पोल्खुल्दै गयो घुमुवा प्रहरीहरुको अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हलाखला मचेको छ।
सदापोसाकमा कार्यरत प्रहरी सहाय हवल्दार राजेस यादव ,प्र स ह सन्जय जैसवाल ,प्र स नि उदय साह तथा निलम्बित प्र स नि बच्चा यादव पनि छन्
तस्कर सग साट्घाट देखिए पछि ईलाका प्रहरी कार्यालय गौसालाको प्र ह सिवजनम यादव समेत लाई जिप्रकामा तानिएको छ।
गहन रूपमा अनुसन्धान गरिने हो भन्ने घुमुवा प्रहरी फसने देखिएछ।त्यही भएर प्रहरी उपरीक्षक प्रकाश मल्लले सबै घुमुवा प्रहरी माथि निगरानी बढाएको तथा जिल्ला बाट सदापोसाकमा खटिएका सबै घुमुवा प्रहरी कार्वाहीमा तानेर फिल्डमा डिउटी हाल्न आदेश दिएका छन् ।
तथा जिल्ला भित्रका अन्य प्रहरी जो बिभागिय निति,नियम भन्दा बाहिर रहेर कार्य गरेको वा रहेको छ।अब कार्वाही होला भनेर आशा पलाएको छ।
त्यही कारण जिल्ला प्रहरी कार्यालय तथा अन्य मातहतका समेत फस्ने संभावना देखिए पछि अहिले यी कुरा चर्चाको विषय बनेको छ।
यस् निउज लाई प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्र उ एसपी सबै प्रकारका घुमुवा टोली विघटन गरि पोसाक लगाएर डिउटी गर्न आदेश दिइएका तैपनि अहिले सधै घुमुवा बनेर आतंक मच्चाउन अहिले डिउटीमा आएका छैनन् ।
नाम नबताउने शर्त यस् निउज लाई एक जना अधिकृतले भने सबै घुमुवा लाई कार्वाही वा नसिहत दिनुपर्ने हो तर किन ढिलाइ भएको हो कारण बुझ्न् गार्हो छ।
घुमुवाहरुको आतंकको बारेमा हाम्रो madheshviews ले बारम्बार समाचार प्रकाशन गर्दै आइरहेको छ।
यस् विषमा हाम्रो मिडियाले आफ्नो नम्बर 9855048954 बाट जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारी लाई फोन गर्दा निजले राम्रो सग प्रतिक्रिया दिन सकेनन् फोन काटे ।
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy