०५ शुक्रबार २०८०
उदेश पाण्डे
महोत्तरी !जिल्ला प्रहरी कार्यालय अन्तर्गत राखिएको सदापोसाकको सबै घुमुवा टोलि लाई विघटन गरि सबैलाई डिउटिमा हालिएको छ।
जिल्ला भित्र तथा बाहिर घुमुवाहरुको गतिविधि बारे नकारात्मक किसिमको टिप्पणी हुन थालेका थियो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी फिल्डमा खटेर तस्करीको अबैध समान अन्दाजी ३० लाख जतिको बरामद गरेत्यसका साथै अटो तथा गाडी त्यस् पछि घुमुवाहरुको कारोबारी सगको कनेकसन खुल्दै गयो ।
(कालिया )नाम गरेको कुख्यात तस्कर जो धेरै वर्ष देखि तस्करीको संजाल चलाएर बसेका छन् ।उसग मिलोमतो गरि घुमुवा प्रहरीहरु महोत्तरीमा तस्करीको लाइन दिएको कुरा खुल्यो ।
त्यस् पछि घुमुवाहरु प्रहरी सहाय हवल्दार सन्जय जैसवाल,प्रहरी सहाय हवल्दार राजेस यादव ,प्र स नि उदय साह तथा निलम्बित प्रहरी सहाय निरीक्षक बच्चा यादव माथि महोत्तरी एसपी आफ्नो एक्सन देखाए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कान्ड गर्ने प्रसनि बच्चा यादव पुर्ब प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल आइजिपी हुँदा पनि बिबादास्पद काम गरेको तर त्यस् बेला जोगाइएको थियो ।
आखिर किन घुमुवा प्रहरी सधै बिबादास्पद काममा फस्ने गर्छन् कारण एउटा् हो।सबैलाई थाहा छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा अहिले सदापोसाकको घुमुवाहरु सग कार्यालय प्रमुख एसपी द्वारा सोधिएको स्पष्टीकरण को बारेमा जवान ब्यारेक देखि जुनियरतर्फको ब्यारेक सम्म चर्चा चलेको छ।के कार्वाही हुन्छ त घुमुवाहरु लाई अहिले जिल्ला प्रहरी कार्यालयमा सबैको चासोको विषय बनेको छ।
अहिले माल पक्राउ पर्दा घुमुवाहरुको पोलखुलेको हो ।एसपी लाई गुमराहमा राखेर तस्कर सग साट्घाट गरेर आर्थिक चल्खेल गरेको विभिन्न तवरले पुष्टि भएको छ।
बाहिर बाहिर घुमुवाहरु धाक्का साथमा भन्ने गरेकाछन् यो स्पष्टीकरणले केही हुदैन कस्ले कार्वाही गर्छ।हाम्रो पहुँच माथी सम्म छ।याहाको नेता देखि काठमाडौ सम्म हामी मिलाए छौ।
नाम नबताउने शर्तमा एक जना जुनियर प्रहरी अधिकृतले यस् madheshviews लाई भने महोत्तरी घुमुवाहरु चौकी चौकीमा आएर हामी इन्चार्ज लाई धम्काउनु हुन्थ्यो ।हामी सीनियर लाई जय नेपाल सम्म गर्दैनन् कार्वाही हुनुपर्छ अनि मात्रै अन्य प्रहरीको मनोबल बढछ।
आज हाम्रो निउजले बुझ्दै गर्दा आज मिति २०८०/१०/०५ गते प्रहरी कार्यालयमा प्रहरीक्क जुन डिउटी लिस्ट हुन्छ त्यस्मा घुमुवाहरु सन्जय जैसवाल ,राजेस यादव ,प्र स नि उदय साहको नाम थिएन बिस्ताररूपमा बुझ्दै गर्दा निलम्बित प्र स नि बच्चा यादव निलम्बनमा परे पनि महोत्तरी जिल्ला छोडेका छैनन् ।बहालवाला प्रहरी कर्मचारी जस्तै जिल्ला आफ्नो दबाब कायमै राखेको पाइएको छ।
आखिर किन मौन छ?प्रहरी प्रधान कार्यालय ,प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरी
जिल्ला प्रहरी कार्यालय महोत्तरीको कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी प्रकाश मल्ल जिल्ला लाई राम्रो सग चलाइरहेका छन् यस्तो यस्तो घुमुवा प्रहरीको कारण तराईमा राम्रो प्रहरी अधिकृतको नाम बद्नाम हुनेगरेको देखिएको छ।
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy