०६,शनिबार २०८०
मनोज मिश्र
रौतहट !नेपाल पुलिस स्कुल रौतहटमा कानुन बिपरित सह प्राचार्य जामुन प्रसाद यादव रजाइँ गर्दै आइरहेको समाचार प्राप्त भएको छ।
सहायक प्राचार्य जामुन प्रसाद यादव बिधालय कार्यसंचालन बिनियमावलि (२०७०) २०७४ परिच्छेद बिपरित २०६४ साल देखि एकक्षत्र रूपमा राजगर्दै आइरहेको बुझिएको छ।प्रहरीको बिधालय जस्तो शिक्षण सिकाइ हुने पबित्र ठाउँमा यस्तो गैर क्रियाकलाप हुनेगरेको पाइएको छ।बिधालय कार्य संचालन२०७०, २०७४ प्रथम संशोधन सहितको परिच्छेदमा प्रष्ट उल्लेख छ हरेक २ वर्ष वर्षमा सहायक प्राचार्यको पदमा कार्यरत मा बि शिक्षक मध्ये राख्ने तर विभिन्न शक्तिकेन्द्रको प्रयोग गरि कानुन लाई मिचेर बिगत लामो समय देखी जामुन प्रसाद यादव पदलाई दुरुपयोग गर्दै आइरहेका छन् ।
यति मात्र होईन शिक्षक प्रतिनिधि समेत आफै बनेका छन् ।शिक्षक प्रतिनिधिले शिक्षकको समस्या तथा गुनासो ब्यसथापन समितिमा राख्ने गर्द्छ।तर जामुन प्रसाद यादव कहिले पनि शिक्षकको समस्या संबंधित निकायमा राख्दैनन् ।बिधालयमा मा बि तहमा कार्यरत शिक्षक अनिल अमर,हरि जिसि,गजेन्द्र यादव ,ओमनारायण चौधरी ,गोपाल शर्मा पौडेल तथा असोक यादव मा बि शिक्षकहरु पुलिस स्कुलमा कार्यरत छन् तर अन्य लाई कहिले मौका दिएको छैन एकलौटी रूपमा जामुन यादव राजनीतिक चल्खेल गरेर बिधालयमा सहायक प्राचार्यको पद हड्पेर बसेका छन्
बिधालयमा विभेद, चरम गुटबन्दी देखिएको छ।जामुन प्रसाद यादवले जुनियर शिक्षक लाई च्यापेर प्र बि तहमा कोडिनेटर बनाएको बुझिएको छ।सीनियर शिक्षक कामेश्वर चौधरी ,अरुन साह ,रौसन मिश्र ,नागेन्द्र यादव प्र बि शिक्षक बिएड पास हुँदाहुँदै पनि पाखा लगाइ आफ्नो नजिकको शिक्षक जसको शैक्षिक योगता इनटरमेडिएट अर्थात १२ पास रामशोभारथ लाई बनाएका छन् सहाय प्राचार्य आन्तरिक रिस राखेर शिक्षकहरु लाई स्पष्टीकरण सोधन लाउने गरेको कुरा बुझिएको छ।
उक्त स्कुलमा जामुन प्रसाद यादवको कर्मकाण्ड लामो छ।नियम प्रक्रिया मिचेर आफ्नो बुढी लाई बिना सूचना बिना लिखित परिक्षा जागीरमा राखेको कुरा पनि अहिले व्यापक चर्चामा छ।त्यतिमात्रै होईन स्थाइको बेला परिक्षा हुनेबेला उक्त बिधालयका अर्को प्रतिस्पर्धामा रहेको सन्तोष ठाकुर लाई रोकेका थिए ।स्कुल प्रहरीको तर त्यहाँ यस्तो यस्तो गैर कानुनी कार्य हुँदा समेत निज माथि कुनै कार्वाही नहुदा अभिभावक देखि त्यहाँ कार्यरत शिक्षक समेत अचम्ममा परेका छन् ।बिधानमा प्रष्ट उल्लेख छ।दुई वर्षमा सहाय प्राचार्य परिवर्तन गर्ने तर अहिले पुलिस स्कुल किन मौन छ।सहायक प्राचार्य पद बाट हटाउने शिक्षक लाई एक्कासी पुलिस स्कुल गरुडाको निमित्त प्राचार्य बनाएको खबरले समाजसेवि, अभिभावक ,शिक्षक, सबैलाई अचम्म लागेको छ।जामुन यादवको विरुद्धमा प्रहरी प्रधान कार्यालय,गृह मन्त्रालय तथा अन्य निकायमा उजुरी समेत परेको तर छानबिन हुँदा पनि शक्तिकेन्द्र प्रयोग गरि अहिलेसम्म सहाय प्राचार्य बस्नसफल रहेको बुझिएको छ।नाम नबताउने सर्तमा एक जना माबी शिक्षक यस् Madheshviews लाई भने नियम प्रक्रिया मिचेर बसेको उजुरी सघिय प्रहरी कार्यालय जनकपुरमा परेको थियो डिएसपी को कमान्डमा छानबिन भयो तर अहिलेसम्म सहाय प्राचार्यको पदमा बसेकै छन।पुलिस स्कुल रौतहटमा शिक्षक लाई जबर्जस्ती ४० वटा टिसर्ट ७०० का दरले किन लगाइएको थियो त्यस् पछि अहिले विभिन्न बहाना बनाएर शिक्षक लाई धम्की दिदै आइरहेका छन् जामुन प्रसाद यादव
आखिर कस्को पावरले कानुन मिचेर लामो समय देखि एक्क्षत्र राज गर्दै आइरहेका छन् जामुन यादव लाई कस्ले लगाम लाउने त्यतिमात्र होईन बिधालयमा एक वर्षमा ४ पटक परिक्षा हुन्छ सबै परिक्षामा परीक्षणपछि कापी अर्थात उतरपुस्तिका बिक्री गर्दा ३० देखि ३५ हजार रुपैया आम्दानी आउँदा समेत त्यो कहिँ हिसाबकिताब हुँदैन।शिक्षकले खाजा नास्ता राम्रो सितपाउदैन त्यो कुरा कहिले उठाएन्न ।सहायक प्राचार्य कमिसन कहाँ बाट आउछ त्यस्मा बढी केन्द्रित रहने गरेको बुझिएको छ।यदि नियम कानुन सबैलाई लागछ भने जामुन यादवको हकमा किन नलाग्ने यो वषय अहिले गम्भीरताका साथ देखिएको छ।
एक जना अभिभावक यस् मिडियालाई जानकारी गराए अनुसार शुक्रबारको दिन विद्यार्थीहरु लाई खेलको नाममा पढाइ बाट बन्चित गरिदै छ।सबै विद्यार्थीखेलमा रुचि राख्दैन तर पनि शुक्रबार सबैलाई खेलको नाममा बिनाकाम फिल्डमा लगिन्छ।
बिधालयमा अहिले ४० हजार रुपैयाको Tex book पनि खुब चर्चामा छ।प्रायः बाहिर बाट सित्तैमा किताब तथा अन्य समान लाउने बिधालयमा बिल बनाउने काम पनि देखिएको छ।
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy