सशस्त्र प्रहरी द्वारा श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

  |

०६,शनिबार २०८०
उदेश पाण्डे
रौतहट — बोडर आउट पोस्ट (बिओपी) बंकुलले श्रोत नखुलेको झन्डै ६ लाख नेपाली रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारततर्फ जान लागेको बेला परोहा नगरपालिका-८ का दिनेशप्रसाद कुशवाहालाई ५ लाख ९४ हजार रुपैयाँसहित शुक्रबार साँझ पक्राउ गरेको शसस्त्र प्रहरीका एसपी माधव रेग्मीले जानकारी दिए ।
बौधीमाई नगरपालिका–७ छोटी भन्सार हुँदै भारततर्फ गइरहेको बाग्मती प्रदेश ०२–०३८ प–५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १ हजारको ३४२ र ५ सयको ५०४ थान गरी ५ लाख ९४ हजार रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बल रौतहटले बरामद गरेको छ।

बरामद रकम, मोटरसाइकल सहित कुशवाहालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । केही समय देखी सीमाक्षेत्रमा श्रोत नखुलेको रकमको ओसार पसार हुँदै आएको छ ।