१७ बुधबार २०८०
उदेस पाण्डे
पर्सा !नेपाल प्रहरी भित्र बढुवा बिबाद जहिले पनि चर्चामा आउने गर्छ।कति काबिल प्रहरी अधिकृत बढुवामा पुर्वाग्रह गरेको कारण राजीनामा समेत दिएको उदाहरण छ ।आखिर किन हुन्छ यस्तो खेल कसैको लागि तु का तु खाली पदमा बढुवा निकालिन्छ भने कहिले त्यो पद खाली हुदाहुदै पनि रोकेर पछि बढुवा निकालिन्छ।
नेपाल प्रहरी भित्र यहीँ बढुवा बिबाद तथा ढिलासुस्तीले गर्दा कति प्रहरी अधिकृत डिप्रेसनको शिकार भएको देखिन्छ ।तत्कालीन एसएसपी सुशील कुमार यादव समयमै बढुवा नभएको तथा विभिन्न शक्तिकेन्द्रको कारण बढुवामा ढिलासुस्तीको भएको कारण ज्यान गुमाए कति प्रहरी अधिकृत राजीनामा दिए पद खाली हुदाहुदै पनि खाली राखिएको थियो
अहिले पनि नेपाल प्रहरी भित्र एसपी बढुवाको लागी डिएसपी दौडमा छन् तर नियमित बिभागको नीति नियम अनुसार हुनुपर्ने बढुवा लाई रोकेर सीनियर अधिकृत सग खेलवाड हुँदै छ।
एसएसपी बढुवामा कति चाडै निर्णय गरियो एसपी रमेश बस्नेत लाई एसएसपी बढुवा गर्दा सगठन कति फास्ट देखिएको तर डिएसपी बाट एसपी बढुवामा किन कछुवा गति यसले प्रहरी प्रमुख तथा प्रहरी अधिकृत लाई राम्रो मैसेज दिदैन
बारम्बार प्रहरीमा यो खेल दोहोरिन्छ कारण राजनीतिक स्वार्थ केहि प्रहरी अधिकृतको लाई तुकातु बढुवा तर कसैको लाई ६ महिना पर्खाइ।
नेपाल प्रहरी भित्र यस्तो यस्तो इतिहास छ।पावर प्रयोग गरेर केही अधिकृत सिमित पदमा पद सख्या बढाउन लाएर एक दिनको लागि पनि बढुवा गराएको देखिएको छ।
बढुवामा ढिलाइका कारण होनहार प्रहरी अधिकृत एसएसपी अनुराग दुबेदी राजीनामा दिए यस्तो धेरै काबिल प्रहरी अधिकृत आफ्नो सम्पुर्ण समय प्रहरी सेवामा बिताए तर उचित मुल्यांकन हुनसकेन।तत्कालीन गृहमन्त्री बालकृसन खाणको समयमा पुजा सिंह लाई तानेर बढुवा गरेको थिए तर पावर र पहुँच नभएको प्रहरी नायब महानिरीक्षक राजेश लाल कर्ण सीनियर हुदाहुदै बढुवा बाट छुट्याइएको थियो।जो प्रहरी प्रमुख भए पनि आफ्नो जागीर सोझयाउन अधिकृत तथा जवानको वृद्धि बिकाश कसरी गर्ने काम छोडेर शक्तिकेन्द्रको यस् मैन भएको हुँदा सगठनमा प्रहरी कर्मचारीहरुको मनोबल गिरेको छ।
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy