अभद्र मुद्दा:प्रहरी र पहुचवालाको प्रतिसोध साधी फसाउने फर्मुला

  |

२२,सोमबार २०८०
उदेस पाण्डे
पर्सा!मधेसमा प्रतिशोध साधन झुठो मुद्दा लाउने मुद्दा  दिने पहिला देखि नै चलिआएको देखिन्छ ।विभिन्न समय र मितिमा झुठो जाहेरी दिने,अबैध समान राखेर फसाउने यस्तो भैरहेको परिपाटी अहिले आइएर केही मात्रामा सुधार देखिएको छ।हाम्रो madheshviews ले त्यार पारेको अभद्र मुद्दाको बारेमा एक रिपोर्टको अनुसार मधेसको ८ वटा जिल्लामा अहिले अभद्र ब्यहवार मुद्दाहरूको चाप बढी रहेको तथा यस् मुद्दा पनि तराईमा दलाली हुनेगरेको बुझिएको छ।
मधेसमा हरेक जिल्ला प्रहरी कार्यालयको मुद्दा फाटहरुमा दलाल हाबी रहेको तथा मुद्दा फाटमा कार्यरत जुनियर प्रहरी अधिकृत तथा सीनियर प्रहरी अधिकृतको समेत ढिलासुस्तीले यस्तो कार्य बढ्दै गइरहेको छ।
प्रहरी कार्यालयमा मुद्दा फाटमा कार्यरत प्रहरी फाइल बुझाउने बहाना तथा कानुनी रूपमा थुनुवाले पाउनुपर्ने कानुनी उपचार तथा उसको नातेदार वा निजसगको नातामा पर्ने सम्बन्धि ब्यक्ती जादा मुद्दाको बारेमा बुझ्दा रवाफ देखाउने गरेको बुझिएको छ ।मुद्दामा कार्यरत प्रहरी कर्मचारीले गर्ने बदमासि तथा लामो समय एकै ठाउँमा बसेका प्रहरी लाई हालका आइजिपीले अन्यत्र सरुवा समेत गरेको कारण केहि सुधार आएको थियो ।तर
अहिले फेरि मधेसमा कार्यरत मुद्दा फाटको प्रहरीहरु आफनो मनपरी सुरु गरेका छन्
तराईमा अभद्र ब्यहवार मुदा कमाउने बाटो बनेको छ।सबैभन्दा पहिलो यो अभद्र मुद्दा के हो बुझौं ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ मा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धका कसुरसम्बन्धमा व्यवस्था गरी दफा ११८ मा अभद्र व्यवहार गर्न नहुने भनी उल्लेख गरेको देखिन्छ । जसमा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिकरुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन भन्दै यस्तो कसुर गरे/गराएमा एक वर्षसम्म कैद वा दस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हनेछ भनी उल्लेख गरेको छ ।
मधेसको ८ वटा जिल्ला प्रहरी कार्यालयले अभद्र ब्यहवारको कसुरमा २०८०/०१/०१ देखी २०८०/१०/१८ सम्ममा अभद्र मुद्दामा पर्सामा ५४२ वटा बारामा २१५ वटा रौतहटमा २१० वटा सर्लाही २९४,महोत्तरी ८३,धनुषा २२३,सिरहा २०७,सप्तरी १५८ वटा मुद्दा चलेको प्रहरी रिपोर्टले देखाउछ ।तर के यो सबै पक्राउ परेका मानिस प्रहरी सग झैझगडा गरेको थियो ।
नेपाल प्रहरी गस्तीमा जादा पिकेट खटिएका स्थानहरुमा कम्तीमा एक चार हुने गर्छ अर्थात एक जना प्रहरी सहाय निरीक्षकको कमान्डमा खटिएको प्रहरी माथि एक जना पब्लिक कसरी हात्पात गर्छ यो विषय अहिले चर्चामा छ।प्रहरीले अभद्र कसुरमा पक्राउ परेका ब्यती प्रहरी माथि हाट्पात गालीगलौज गरेको प्रतिवेदनमा देखाउने गरेको तर वास्तविकता फरक छ।प्रहरीले कति मानिस लाई बिनाकारण पनि पक्राउ गरेको अनावश्यक हैरानी दिएको नाम नबताउने शर्तमा एक जना पुर्ब प्रहरी अधिकृत बताउँछन्
यसरि अनावश्यक गलत पावरको प्रयोग गरि निमुखा लाई थुन्ने तथा नेताको मान्छे पार्टीको कार्यकर्ता गलती गर्दा पनि कानुन मिच्दा पनि केही नगर्दा समाजमा प्रहरी प्रतिको नकारात्मक भावना हुदैछ।
अभद्र मुद्दा खेपिरहेका एक जना बैचरल पास युवा यस् मिडिया लाई बताए अनुसार भित्र थुनामा अपराधी जस्तो राखिन्छ ।फाइल सरकारिवकिल कहा लगिन आल्टाल गरिन्छ।विभेद हुन्छ ।जसको पावर छ,उसको फाइ चाडैं जान्छ जसको कोही छैन ढिलो हुन्छ।पक्राउ गरिएको ठाउँ लाई नदेखाइ अर्को ठाउँमा पक्राउ परेको देखाइन्छ।सबै फाइल त्यार पारेर सहि लाउन बोलाइन्छ।धेरै ढाट्ने काम भैरहेको छ।अभद्र मुदा तराई प्रतिशोध साधने फर्मुला बनेको छ।म्याद थपे पछि थुनुवा लाई सरकारले रासन दिने गरेको तर अहिले पनि कतिपय ठाउँमा थुनुवाले खाना खाए बापत पैसा तिर्न लगाएको बुझिएको छ।